विश्व प्रेस स्वतन्त्रता दिवशका अवसरमा सिन्धुलीमा प्रभातफेरि र कोणसभा
सिन्धुली,वैशाख २०
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले सदरमुकाम सिन्धुलीमाडीमा प्रभातफेरि र कोणसभाको आयोजना गरेको छ ।
नेपाल पत्रकार महासंघ सिन्धुलीशाखाको आयोजनामा आज विहान महासंघको कार्यलयबाट शुभारम्भ गरिएको प्रभातफेरि पछि स्थानीय लोकतान्त्रिक चौकमा आयोजना गरिएको कोणसभामा विधमान सरकारले प्रेस स्वतन्त्रता माथि हस्तक्षेत्र पर्न थालेका औल्याईएको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ सिन्धुलीका पूर्व अध्यक्ष शंकर सौगातले सरकारले नीजी संचार माध्यमदलाई सरकारी विज्ञापन बन्द गर्ने नीति गलत भएको बताउनु हुदै सरकारी निर्णय फिर्ता लिन आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बाबुराम देवकोटाले सरकारको अघि सारेको सरकारी विज्ञापन नीतिका विरुद्ध नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले चरणवद्द रुपमा आन्दोलन र विरोधका कार्यक्रमहरु संचालन गरिरहेको बताउनु हुदै वर्तमान सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न÷गराउन अनुरोध गर्नुभयो ।
विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा आयोजित सो कार्यक्रममा रास्वपाको नेतृत्व सरकारले पनि संविधानमा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, जनताको मौलिक हकको प्रत्याभूति र रक्षाका गर्नका ऐक्यवद्धता जाहेर गरिएको थियो ।
जिल्ला स्थित विभिन्न स्थानीय तथा राष्ट्रिय मिडियाका संचारकर्मीहरु सहभागी सो कार्यक्रममा नेपालमा पत्रकार विरुद्ध भएका विभिन्न अपराध र दण्डहीनता, सञ्चार माध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेसागत र भौतिक सुरक्षा समेत जोखिम बन्दै गएको जनाईएको थियो ।
Featured Posts – Style 1
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
2026-09-24 Comments Off on भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पणभक्तपुर, ८ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा १० महिने...
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
2026-09-24 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ भक्तपुर, ८ असोज। जिल्ला अदालत भक्तपुरबाट फैसला भई सजाय भुक्तान गर्न बाँकी...
‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
2026-09-24 Comments Off on ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’ प्रिय छोरा, जन्मदिनको आशीर्वाद आज तिम्रो जन्मदिनमा तिमीलाई शुभकामना दिँदै गर्दा म...
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
2026-09-23 Comments Off on श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्नभक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ७ मा अवस्थित श्री बागोहिणी माध्यमिक...
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
2026-09-23 Comments Off on प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज बृहत् वृक्षारोपण एवं विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रमचाँगुनारायण-९,...













