नगरकोट भ्रमण वर्ष २०८२को अन्तिम तयारी
नगरकोट, चैत्र २९गते
नगरकोट भ्रमण वर्ष २०८२ नजिकएसँगै भ्रमण वर्षको उद्घाटन समारोहको तयारी तिब्र पारिएको छ । नगरकोटको बतासे डाँडामा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी भ्रमण वर्षको उद्घाटनको तयारी भइरहेको भन्दै नगरकोट भ्रमण वर्ष २०८२ मुल आयोजक समितिले आज पत्रकार सम्मेलन गरी भ्रमण वर्षको तयारी बारे जानकारी दिएको छ । नयाँ वर्षको पहिलो दिन राष्ट्रपति रामचन्द्र पौड्यलद्वारा भ्रमण वर्षको उद्घाटन हुने तयारी भएको जानकारी दिदै भ्रमण वर्षको अवधिमा हुने महत्वपूर्ण कार्यक्रमहरु बारे जानकारीदिएका छन् । आयोजक समितिका ४ वटा नगरपालिकाका सदस्य तथा जनप्रतिनिधीहरुले आआफ्नो नगरको जात्रा पर्व, उत्सवहरुलाई समेत नगरकोट भ्रमण वर्षकालागि विशेष बनाउने तयारी स्वरुप हरेक नगरपालिकाले कम्तिमा पनि वर्षभरमा २।२ वटा विशेष कार्यक्रम आयोजन ा गर्ने तयारी भएको जनाएको छ ।

चाँगुनारायण नगरपालिकाले उद्घोष गरेको नगरकोट भ्रमण वर्ष मदन डेउपुर नगरपालिका, बनेपा नगरपालिका र शखरापुर नगरपालिका सहित ४ वटा नगरपालिकाहरुले साझा भ्रमण वर्षको रुपमा मनाउने भएको पनि सो अवसरमा जनाएको छ । भ्रमण वर्षले नगरकोटका होटल व्यवायीहरु न्ै बढी लावाम्भित हुने चर्चा गर्दै आयोजकहरुले भ्रमण वर्षभरि नगरकोटलाई आधार क्षेत्र बनाएर बनेपा, मदन देउपुर, शंखरापुर नगरको पनि कला, संस्कृति, सभ्यता, जनजीवन, जात्रा पर्व, स्थानीय पत्पादनहरुको प्रवर्धन गर्न व्यापक प्रचार प्रसार हुने बताएका छन् । भ्रमण वर्षमा रातभर नगरकोट बस्ने दिनभर ४ वटै नगरका ऐतिहासिक, साँस्कृतिक एवं प्राकृतिक स्थलहरुको अवलोकन गर्न सकिने गरी भ्रमण वर्षलाई मनाउने तयारी भएको पनि सो अवसरमा जानकारी दिएका छन् । भ्रमण वर्षकालागि हुने आर्थिक खर्च पनि चारवटै नगरपालिकाले ब्यहोर्ने सहमति भएको नगरपालिकाका प्रतिनिधीहरुले जनाएको छ । पत्रकारहरुको जिज्ञासामाथि भ्रमण वर्षका संयोजक एवं मदनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, चाँगु नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, विष्णुमणि नेपाल र भ्रमण वर्षका विज्ञ धनश्याम खतिवडाले प्रकाश पारेका थिए । नरकोट इज मोर डेन सनराई मूल नाराका साथ भ्रमण वर्षको तयारी पूरा गरेको पनि सो अवसरमा जनाएको छ ।














