भक्तपुरका ७३ वर्षीय एक महिला सहित १७ जनाको मृत्यु , कोरोना जित्नेको संख्या ५०,४११ पुग्यो ।
भक्तपुर, असोज ८ गते
भक्तपुरका एक ७३ वर्षीय महिला सहित देशभर बिहिबार १७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको मृत्यु हुनेको कुल संख्या ४५३ पुगेको छ भने आज थप १ हजार ४९७ जना कोरोना संक्रमित भएसँगै कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । गत २४ घण्टामा ४५७ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या ५० हजार ४११ पुगेको छ ।
मृत्यु हुनेहरुमा भक्तपुरका ७३ वर्षीय एक महिला सहित १७ जना रहेका थिए । मृत्यु हुनेहरुमा काठमाण्डौ जिल्लाका मात्रै ४ जना रहेका छन् । काठमाण्डौका ८२ वर्षीय एक महिला सहित ७५,७९ र ८० वर्षीया पुरुषहरुको मृत्यु भएको थियो भने मोरंगका ५५ वर्षीय महिला, झापाका ७८ वर्षीय पुरुष, सुन्सरीका ८१ वर्षीय महिला, धनुषाका ६८र ७० वर्षीय पुरुष, रौतहता ६५ वर्षीय पुरुष, धादिंगका ३२ वर्षीय महिला, तनहुँका ३९ वर्षीय पुरुष, दांगका ३९ वर्षीय पुरुष, कपिल बस्तुका ५० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुष गरी ५ महिला र १२ पुरुष गरी विहिबार एक्कै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाएको हो ।
हाल आइसियूमा २३२ जना र भेन्टिलेटरमा २८ जना रहेको प्रवक्ता डा.गौतमले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ४४९ वटा नमूना परीक्षण गर्दा १ हजार ४९७ जना थप कोरोना संक्रमित भएका हुन । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहिबार थपिएका संक्रमितहरु मध्ये ७५५ संक्रमितहरु काठमाण्डौ उपत्यका भित्रका रहेका छन् । काठमाण्डौ जिल्लाका २२९ महिला र ३८० पुरुष सहित ६०९ जना, ललितपुरका ३८ महिला र ५७ पुरुष सहित ९५ जना र भक्तपुरका १२ महिला र ३९ पुरुष सहित ५१ जना संक्रमित भएका हुन ।
हाल सक्रिय कोरोना संक्रमित १८ हजार ४३७ जना आइसोलेसनमा रहेका छन् । क्वारेन्टिनमा ६ हजार ५६५ जना रहेका छन् । हाल ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु मोरंग, सिराहा, काठमाण्डौ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही छन् भने कोरोना सून्य रहेका जिल्लाहरु रसुवा, मुस्तांग, डोल्पा, मुगु र हुम्ला छन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














