वागीश्वरीमा ३ दिने क्षमता अभिवृद्धि तालिम सुरु
भक्तपुर, बैशाख १९ गते । वागीश्वरी कलेज, तुमचो कमलविनायकको आयोजनामा तीन दिने Training on Enhancing Teaching Excellence: Effective PPT Design and AI Integration for Faculty”विषयक तालिम सुरु गरिएको छ । कलेज व्यवस्थापन समितिका उपाध्यक्ष मोहनप्रसाद प्रजापतिको प्रमुख उपस्थितिमा भएको उक्त तालिमको उद्घाटन कार्यक्रममा विश्वविदालय अनुदान आयोग सानोठिमीका प्रतिनिधि धनकृष्ण प्रजापतिले वागीश्वरी कलेजले आयोगको सहयोगमा शिक्षक कर्मचारीको डिजिटल क्षमता अभिवृद्धिको लागि निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको चर्चा गर्दै त्यसको प्रतिफल विद्यार्थीहरुमा पनि देखिएको बताउनुभयो ।
वर्तमान प्रविधिको युगमा शिक्षक कर्मचारी समय सापेक्ष अद्यावधिक हुन नसके आजको विद्यार्थीसामु नटिक्ने चर्चा गर्दै उहा“ले युग सुहाउ“दो जनशक्ति उत्पादन गर्न शिक्षकहरु पनि डिजिटल मैत्री बन्नैपर्ने भएको छ भन्नुभयो ।
कार्यक्रममा वागीश्वरी कलेज आरएमसीका सल्लाहकार डा. बलराम दुवालले डिजिटल प्रविधि द्रुत गतिले विकास भइरहेको उल्लेख गर्दै हिजोको प्रविधिलाई आजको प्रविधिले विस्थापित गरिरहेको अवस्थामा डिजिटल शिक्षा निरन्तर सिकिरहनुपर्ने विषय बनेको र कतिपय अवस्थामा शिक्षकहरुभन्दा विद्यार्थीहरु यस मामिलामा अघि रहेका उदाहरण दिनुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा संयोजक ज्ञानसागर प्रजापति र मानविकी इन्चार्ज राजन फेलुले पनि तालिमको औतित्यमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रम बैशाख १८, १९ र २० गतेसम्म हुने बताइएको छ ।
Featured Posts – Style 1
अविरल वर्षाका कारण भक्तपुरका विभिन्न सडक खण्ड अवरुद्ध, मनोहरा र खास्याङखुसुङ खोलामा बाढी, ताथलीको पहिरो हटाइयो ।
2026-09-25 Comments Off on अविरल वर्षाका कारण भक्तपुरका विभिन्न सडक खण्ड अवरुद्ध, मनोहरा र खास्याङखुसुङ खोलामा बाढी, ताथलीको पहिरो हटाइयो ।
अविरल वर्षाका कारण भक्तपुरका विभिन्न सडक खण्ड अवरुद्ध, मनोहरा र खास्याङखुसुङ खोलामा बाढी, ताथलीको पहिरो हटाइयो ।भक्तपुर, असोज ९ गते...
कानुन अध्ययन समाजको भक्तपुर जिल्ला अध्यक्षमा ज्याख्व चयन
2026-09-25 Comments Off on कानुन अध्ययन समाजको भक्तपुर जिल्ला अध्यक्षमा ज्याख्व चयन
कानुन अध्ययन समाजको भक्तपुर जिल्ला अध्यक्षमा ज्याख्व चयनभक्तपुर, ९ असोजकानुन अध्ययन समाज नेपालको भक्तपुर जिल्ला अध्यक्षमा गम्भिरमान ज्याख्व सर्वसम्मतिले निर्वाचित...
भक्तपुर बचतमा संस्थापक र पूर्वपदाधिकारी भेला सम्पन्न
2026-09-25 Comments Off on भक्तपुर बचतमा संस्थापक र पूर्वपदाधिकारी भेला सम्पन्न
भक्तपुर बचतमा संस्थापक र पूर्वपदाधिकारी भेला सम्पन्नभक्तपुर, ९ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको यहि असोज १७ गते ब्रम्हायणी...
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
2026-09-24 Comments Off on भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पणभक्तपुर, ८ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा १० महिने...
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
2026-09-24 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ भक्तपुर, ८ असोज। जिल्ला अदालत भक्तपुरबाट फैसला भई सजाय भुक्तान गर्न बाँकी...












