अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा भक्तपुरमा जुलुस र सभा आयोजना
भक्तपुर, बैशाख १८ गते
१३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा भक्तपुरमा जुलुस र सभा आयोजना गरेको छ । नेपाल क्रान्तिकारी मजदुर संघको आयोजनामा भएको सो मजदुर दिवसको विशेष कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले आर्थिक समानताकालागि पूजीपति वर्गको सत्तालाई बल प्रयोग गरी नफालेसम्म काम गरी खाने जनताको सत्ता नआउने कुरा कालमाक्र्सले उहील्यै प्रष्ट पारिसकेको चर्चा गर्दै उहाँले समाजवादी व्यवस्थाकालागि १८७१को पेरिस कम्यून घोषणा पत्र जारी गरी रुसमा लेनिनले समाजवादी व्यवस्था स्थापना गरेपनि युवालाई राजनैतिक चेतना दिन नसक्दा १९९१मा शोभियत सत्ता पटन भएको कुरालाई मनन गर्दै नयाँ पुस्तालाई राजनैतिक चेतना दिन आवश्यक भएकोमा उहाँले जोड दिनु भयो । भक्तपुर नगरपालिकाका प्रमुख समेत रहनु भएका प्रजापतिले राजनीति भनेको जनताको सेवाको लागि भएको भन्दै सुशासनको नाराले मात्रै देश नबन्ने धारणा राख्नु भयो ।
कार्यक्रममा नेमकिपाका अर्का केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले विश्व मजदुर दिवसको अवसरमा हामीले जनताको वचत फिर्तागर, सहकारी ठगलाई कार्वाही गर, किसानकालागि रासायनिक मल कारखाना देशमै खोल्नुपर्छ, बजार भाउ अति नै महंगी भयो, बजार भाउ नियन्त्रण गर भनि फेरी पनि हामीले नारा लगायौं यो जनताको आवाज हो, समयको आवाज हो भन्दै उहाँले जनताको आवाजलाई यो सरकारले सुनेन भने अरु सरकार जस्तै यो सरकार पनि पटन हुने धाराणा राख्नु भयो । नेक्रामसंघका विष्णुप्रसाद दुमरुको सभापतित्वमा आयोजित सो कार्यक्रममा नेक्रामसंघका उपेन्द्र सुवालसहितका बक्ताहरुले विश्व मजदुर दिवसको महत्व बारे प्रकाश पारेका थिए ।
सो अवसरका बक्ताहरुले १३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवधारणा अनुसार काम गरी खाने जनताको सुविधाकालागि युवाहरुलाई विदेश नभई स्वदेशमै रोजगारी सृजना गर्नुपर्ने, विदेशबाट आयात नभई स्वदेशमै खाद्यान्न लगायत आवश्यक चिज उत्पादन गर्नुपर्ने, साथै पहिले चलेका सरकारी उद्योग कलकारखानाहरु खोलेर जनतालाई रोजगार दिनुपर्ने धाराणा राखेका थिए । सो सभा आयोजना हुनु पुर्व भक्तपुर नगरको दुधापाटीबाट जुलुस आयोजना गर्री भक्तपुर नगरको सुर्यमढीमा पुगेर सभामा परिनत भएको थियो । सो जुलुसमा विश्वका मजदुर एक हौं, एमसीसी परियोजना खारेज गर, भ्रष्टाचारीको सम्पति राष्ट्रियकरण गर, सहकारी पीडित जनताका पैसा फिर्ता गर, बजार भाउ नियन्त्रण गर सहितका नारा लगाएका थिए ।
Featured Posts – Style 1
भाडा तिरेको एक महिना बित्यो, अझै खुलेन रिपोर्टर्स क्लब
2026-08-09 Comments Off on भाडा तिरेको एक महिना बित्यो, अझै खुलेन रिपोर्टर्स क्लब
भाडा तिरेको एक महिना बित्यो, अझै खुलेन रिपोर्टर्स क्लबकाठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेको भन्दै क्लबका सञ्चालक...
ग्यासका कालो बजारी, व्यापारी प्रहरी नियन्त्रण्मा
2026-08-08 Comments Off on ग्यासका कालो बजारी, व्यापारी प्रहरी नियन्त्रण्मा
ग्यासका कालो बजारी, व्यापारी प्रहरी नियन्त्रण्माभक्तपुर, श्रावण २३ गतेभक्तपुर प्रहरीले एलपी ग्यासमा कालो बजारी गरेका भन्दै व्यवसायाीलाई नियन्त्रणमा लिएको छ...
तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’
2026-08-08 Comments Off on तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’
तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’ भक्तपुर, २२ साउन । चाँगुनारायण नगरपालिका–९, ताथलीको सौडोलको खगां टोलमा विगत करिब तीन...
चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त
2026-08-08 Comments Off on चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त
चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त काठमाडौं, साउन २४ चार दशकदेखि नेपाली रंगमञ्चमा सक्रिय रंगकर्मी जीतबहादुर...
मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को, आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि
2026-08-07 Comments Off on मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को, आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि
मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को, आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि(रमेश गिरी)भक्तपुर, २२ साउन । मध्यपुर...











