भक्तपुर न.पा. ९ वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
भक्तपुर, १९ बैशाख
आत्मबल, अनुशासन र स्वस्थ रहनका लागि खेलकुद प्रतियोगिताको सार्थकतालाई दृष्टिगत गरी भएको भक्तपुर नगरपालिका ९ वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । भक्तपुर नगरपालिका ९ वडा खेलकुद समितिको आयोजनामा भएको उक्त प्रतियोगितामा प्रमुख अतिथि एवम् भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य छोरीमैया सुजखु(प्रजापति)ले रेफ्रिलाई खेल सामग्री हस्तान्तरण गरी उद्घाटन गर्नुभएको हो ।
भक्तपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्र प्रजापति र कार्यपालिका सदस्य छोरीमैया सुजखु (प्रजापति) बीच खेल सुरु गरी उद्घाटन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सुजखुले खेलले हरेक व्यक्तिमा आत्मबल, अनुशासन र स्वस्थ रहनका लागि अटुलनिय योगदान पु¥याउने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष राजेश प्रजापतिले खेलको निरन्तरताले स्वस्थ जनशक्ति उत्पादन भई देश विदेशमा समेत आफ्नो र देशको नाम उच्चो राख्न मद्दत पुग्ने औंल्याउनुभयो । उहाँले तेस्रो स्थानको लागि सेमिफाइनल खेल छात्र कक्षा (८–१२) शिरिष प्रजापति र रिक मानन्धरबीच हुने र फाइनल खेल तेजित मानन्धर र रिक्सन प्रजापतिबीच हुने र छात्रा कक्षा (८–१२) मा फाइनल खेल सोनम प्रजापति र हशिना मानन्धरबीच हुने जानकारी दिनुभयो । साथै पुरूष खुल्लामा तेस्रो स्थानको लागि सगुन प्रजापति र कान्छा प्रजापतिबीच हुनेछ भने फाइनल खेल सिविक ज्याख्व र कशिर नखेत्रुबीच बैशाख २० गते आइतबार बिहान ८ बजेदेखि हुने उहाँले बताउनुभयो ।
प्रतियोगिताको समापन तथा विजेता खेलाडीहरूलाई बैशाख २० विहान ९ बजे लिवाली कभर्ड हलमा प्रमुख अतिथि एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको अध्यक्ष राजेश प्रजापतिले जानकारी दिनुभयो ।
Featured Posts – Style 1
भाडा तिरेको एक महिना बित्यो, अझै खुलेन रिपोर्टर्स क्लब
2026-08-09 Comments Off on भाडा तिरेको एक महिना बित्यो, अझै खुलेन रिपोर्टर्स क्लब
भाडा तिरेको एक महिना बित्यो, अझै खुलेन रिपोर्टर्स क्लबकाठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेको भन्दै क्लबका सञ्चालक...
ग्यासका कालो बजारी, व्यापारी प्रहरी नियन्त्रण्मा
2026-08-08 Comments Off on ग्यासका कालो बजारी, व्यापारी प्रहरी नियन्त्रण्मा
ग्यासका कालो बजारी, व्यापारी प्रहरी नियन्त्रण्माभक्तपुर, श्रावण २३ गतेभक्तपुर प्रहरीले एलपी ग्यासमा कालो बजारी गरेका भन्दै व्यवसायाीलाई नियन्त्रणमा लिएको छ...
तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’
2026-08-08 Comments Off on तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’
तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’ भक्तपुर, २२ साउन । चाँगुनारायण नगरपालिका–९, ताथलीको सौडोलको खगां टोलमा विगत करिब तीन...
चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त
2026-08-08 Comments Off on चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त
चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त काठमाडौं, साउन २४ चार दशकदेखि नेपाली रंगमञ्चमा सक्रिय रंगकर्मी जीतबहादुर...
मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को, आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि
2026-08-07 Comments Off on मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को, आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि
मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को, आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि(रमेश गिरी)भक्तपुर, २२ साउन । मध्यपुर...














