विस्का जात्राकालागिग भक्तपुर प्रहरीले विशेष सुरक्षा योजना लागू

विस्का जात्राकालागिग भक्तपुर प्रहरीले विशेष सुरक्षा योजना लागू

विस्का, चैत्र २४ गते
विस्का जात्राकालागिग भक्तपुर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ ।
भक्तपुर प्रहरीका सुचना अधिकारी प्रकाश जवेगुका अनुसार विस्का जात्रालाई लक्षित गर्दै शान्ति सुरक्षा कायम गर्न १२ देखि १५ सय प्रहरी परिचालन गर्ने, १०० जनाको सिफिल प्रहरी परिचालन तथा ५०।५० जनाको टोली परिचालन हुने भन्दै उहाँले चैत्र २५ गते देखि जाड रक्सि बेच्न नदिने भएको बताएका थिए । यसै बीच उहाँले जात्रा अवधिभर सिसि क्यामेराले निरगानी गर्ने गरी ठाउँ ठाउँमा सिसिटिभि सेट भएको र जात्राको अवधिमा ड्रोन क्यामेराबाट पनि निगरानी बढाउने भएको जनाएको छ। भक्तपुर प्रहरीका दाताराम अधिकारीका अनुसार ऐतिहासिक तथा धार्मिक महत्व बोकेको विस्का जात्रालाई थप व्यवस्थित पार्न सरोकारवालाको सल्लाह सुझाव संकलन गर्न सो अन्तरक्रिया आयोजना गरेको उल्लेख गरेका छन् ।