लागु पदार्थ दुव्र्यसनी विरुद्ध भक्तपुरमा अन्तरक्रिया

लागु पदार्थ दुव्र्यसनी विरुद्ध भक्तपुरमा अन्तरक्रिया
भक्तपुर, चैत्र २४ गते
भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सिमाबर्ति क्षेत्रबाट लागुपदार्थ ओसार प्रसार र सेवनको उच्च जोखिममा रहेको जनाएका छन् । जिल्ला समन्वय समिति भक्तपुरले आज भक्तपुरमा लागुपदार्थ दुव्र्यसनी सम्बन्धमा सरोकारवालाहरु बीच आयोजना गरेको छलफलमा बोल्दै प्रजिअ ढकालले
रसायनयुक्त लागु पदार्थको सेवन बढेकोमा चिन्ता व्यक्त गर्दै लागु पदार्थ सेवन गने रोक्न पहल गर्न सके कारोवार पनि रोकिने धारणा राखेका छन् । जिसस भक्रपुरका उपप्रमुख सुजाता बाडेश्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रयिामा लागु पदार्थ नियन्त्रण र पुनस्थापनाका क्रियाशिल संघ संसथका प्रतिनिधी तथा पत्रकारहरु बीच आआफ्नो आनुभवहरु आदानप्रदान गर्दैै लागुपदार्थ सेवन र दुव्र्यसनी कम गर्न जनचेतनाको आवश्यकता महसुस गर्दै आआफ्नो धारणा राखेका थिए ।