सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
भक्तपुर असार २९, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सुर्यविनायक नगर सहकारी समन्वय उपसमितिको आयोजनामा “सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन,COPOMIS / goAML” विषयक सूर्यविनायक रिर्सोट, घलाटेंमा नगरस्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भटराईले सहकारीले निर्णय गर्दा सहकारी ऐन, नियम र निर्देशन हेरर गर्नुपर्ने विचार व्यक्त गर्नु भयो । वहाँले सहकारीको पैसा सहकारीमा राख्नुपर्ने बताए । सहकारीले आफ्नो सहकारीका सदस्यको सुरक्षाको बारे चिन्तन मनन गर्न अग्रह गरे । एउटा संस्थालाई समस्या पर्दा अरु सहकारीलाई पनि असर गर्ने भएकोले ३५ बुँदे निर्देशनहरु पालना गरी सुशासनमा रहनुपर्ने र साकोस स्तरीकरण कार्यक्रममा सहभागि हुनुपर्ने विचार व्यक्त गर्नुभयो । वँहाले नगरपालिकाले यसपालि ३१ लाख सहकारी क्षेत्रमा बजेट छुट्याएको कुरा बताउनुभयो ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन विषयमा प्रस्तुत गर्दै निर्देशन सकारात्मक रहेको बताउनुभयो । निर्देशनमा हाल प्रक्रिया नपु¥याई दर्ता भएका बहुउद्देश्यीय सहकारीबारे मौन देखिएको र सहकारी सबैले वेवसाइट राख्ने र अद्यावधि गर्न नसकिने हुँदा सहकारीको कारोबारको आधारमा बर्गिकरण गरी अनिवार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले कोपमिसको परिचय, कोपमिस प्रयोग गर्दाको फाइदा र हाल कोपमिसमा भएको अद्यावधिकाबारेमा प्रस्तुत गर्नुभयो । साथै GoAML मा दर्ता र प्रतिवेदनहरु कसरी अनलाइनबाट बुझाउने भन्नेबारेमा समेत प्रस्तुतीकरण गर्नुभयो । राज्यले सहकारी प्रबद्र्धन र विकासको लागि नै नयाँ प्रविधिहरुको विकास गरिने भएकोले सकारात्मक सोचका साथ कोपमिस र GoAML सफ्वेयरमा आबद्ध भई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति संघका संचालक एवम् उपसमितिका संयोजक काजी बहादुर पञ्चले कार्यक्रममा प्रस्तुत भएको ३५ बुँदे निदेशन, कोपमिस र GoAML मा आबद्ध हुनु अनुरोध गनुभयो । हाल सहकारीमा सुशासनकै अभावमा संचालकले घर जग्गामा लगानी, संचालकको स्वार्थ र कर्मचारीको बदमासीले समस्याहरु देखिएको छ । ती समस्याले गर्दा सहि ढंगले संचालन गरेका सहकारीलाई पनि समस्या पार्ने तर्फ सचेत गराउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य उपसमितिका सदस्य कंचन कृष्ण न्यौपानेले गर्नुभयो । अन्र्तक्रिया कार्यक्रममा सूर्यविनायक नगरका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी ५४ जनाको सहभागिता रह्यो । कार्यक्रमको संचालन उपसमितिका सदस्य मिठारा न्यौपानेले गर्नुभयो ।












