बिबिएस र बिएड उत्र्तीण आदर्श कलेजका विद्यार्थीहरुलाई बढाई ज्ञापन

बिबिएस र बिएड उत्र्तीण आदर्श कलेजका विद्यार्थीहरुलाई बढाई ज्ञापन
भक्तपुर, भाद्र २० गते
आदर्श आजाद कलेजले बिएड तथा बिबिएस तह उर्तिण गरेका विद्यार्थीहरुलाई बढाई ज्ञापन तथा शैक्षिक परामर्श कार्याक्रम अयोजना गरेको छ । विद्यालयको सभाहलमा शुक्रबार आयोजित सो कार्यक्रमको नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले उद्घाटन गरेका हुन । सांसद सुवालले यस शैक्षिक सत्रमा चार वर्षे बिएड र बिबिएसमा सत प्रतिशत उर्तिण गर्ने विद्यार्थीहरुलाई बढाई ज्ञापन तथा शैक्षिक परामर्श प्रदान गर्नु भएको थियो कलेजका प्राचार्य श्रीकृष्ण किसीको सभापतित्वमा आयोजित सो कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष उद्धव सुजखु, शिक्षक आशाकुमार चिकंवन्जार, प्रेमजन थापा श्रेष्ठ सहतिका अतिथिहरुले पनि विद्यार्थीहरुलाई बढाई एवं मागनिर्दशन प्रदान गरिएको थियोे ।