भक्तपुर अस्पतालले थाल्यो, सिटी स्क्यान सेवा
देशकै दोस्रो पूरानो अस्पताल भक्तपुर अस्पतालले आजबाट सिटी स्क्यान मेसिन सेवा शुभारम्भ गरेको छ । बागमती प्रदेश सरकारको सहयोगमा सो सेवा शुभारम्भ गर्दै अस्पतालले १२० औं स्थापना दिवस मनाएका हुन । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले आज अस्पतालमा आयोजित एक समारोह वीच १२८ स्लाइसको सिटि इस्क्यान र मेमोग्राम मेसिनको सुरुवात गरेका थिए ।
चन्द्रलोकको रुपमा तत्कालिन प्रधानमन्त्री चन्द्र शमशेर राणाले सो अस्पताल सञ्चालनमा ल्याएको १२० वर्ष पछि आजबाट सिटी स्क्यान मेसिन सेवा सुरु गरेका हुन ।













