विस्फोटक पदार्थ पड्कदा बालबालिका घाइते भएकोप्रति सिजपको ध्यानाकर्षण ।
धनुषाको जिल्लाको मिथिला नगरपालिका वडा ९ र महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु पड्किदा दुई बालबालिका सहित चार जना घाइते भएकोप्रति बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान९सिजप०को गम्भीर ध्यानाकर्षण भएको छ । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा ९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गको बडहरी पुलमाथि शंकास्पद वस्तु पड्किदा मिथिला नगरपालिका–८ जमुनिवास बस्ने टेकबहादुर भुजेलकी १५ वर्षीया छोरी आशा भुजेलको दायाँ–बायाँ खुट्टामा चोट लागेको र स्थायी घर गुल्मी भई हाल मामा रिठबहादुर मगरको घरमा बस्दै आएका ८ वर्षीय सुशील माझीको हात, खुट्टा र छातीमा चोट लागेको छ र दुवै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सिजप, यस प्रकृतिका घटनाबाट घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै निःशुल्क र प्रभावकारी उपचारको प्रबन्ध मिलाउनको लागि सबद्ध सबै पक्षलाई आग्रह गर्दछौँ ।
त्यसैगरी बर्दिबास नगरपालिका–१ स्थित रातो पुलमा शंकास्पद वस्तु पड्किदा कैलाली घोडाघोडी–१० का २५ वर्षीय सन्देश चौधरी र २२ वर्षीय समीर चौधरी घाइते भएका छन् । देशका विभिन्न स्थानहरू, सुर्खेतको छिन्चुमा, रौतहट जिल्लाको चन्द्रपुर–५, राजपैडास्थित आधुनिक प्रा।वि। स्कुलबाट करिब २ सय मिटर दक्षिणमा, कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइड नजिकको लालुपाते मार्गमा, कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीस्थित पूर्वपश्चिम राजमार्गमा, मोरङ जिल्ला प्रशासन कार्यालय अगाडि शंकास्पद वस्तु भेटिएको छ । काठमाडौँको नैकाप र सुकेधारामा गाडीहरूमा आगो लगाइएको घटना सार्वजनिक भएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मौनअवधिमा भएको यस्तो घटनाले आम सर्वसाधरणको साथै बालबालिकामाथि सुरक्षा जोखिम बढेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नु÷गराउनु पर्नेमा यस्तो घटनामा अझ बालबालिका पर्नु दुःखद छ । निर्वाचनमा अधिकांश मतदान स्थलहरू विद्यालयमा बनाइएकोले यस्तो घटनामा विद्यालय र बालबालिका जोखिममा पर्न सक्छन् र बालबालिकामा झनै गम्भीर समस्याहरू पर्नसक्ने भएकोले सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराउँदछौँ ।
बालबालिकाको भयरहित वातावरणमा बाँच्न पाउने अधिकार, संरक्षित हुने अधिकारप्रति प्रतिबद्ध हुन सम्पूर्णमा अपिल गर्दछौँ । बालबालिकाको सुरक्षित तथा संरक्षित जीवन सुनिश्चितताको लागि नेपाल सरकार सम्बद्ध संवैधानिक, कानूनी, नीतिगत, संरचनागत तथा कार्यक्रमिक रूपमा प्रतिबद्ध रहेको नै छ । यसका साथै बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकाको सुरक्षा तथा संरक्षणका लागि उचित उपाय अवलम्बन गर्न स्थानीय तहलाई प्रोत्साहन गरेको छ । यस्ता घटनाहरू दोहोरिन नदिनको निम्ति सचेतना अपनाउन आफ्ना बालबालिकालाई आफ्नो संरक्षणमै राख्न घरमै छलफल गरी उनीहरूसँगै समय बिताउन अभिभावकहरूलाई समेत हार्दिक अनुरोध गर्दछौँ । बालबालिकालाई भयरहित वातावरणमा खेल्न, हिड्न र विद्यालय शान्तिक्षेत्र हुन् भन्ने मान्यतालाई आत्मसात् गर्दै विभिन्न सरकारी निकाय, राजनीतिक दल, क्रियाशील राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय नागरिक सङ्घ संस्था, निजी क्षेत्र सम्बद्ध सबैमा बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्न हार्दिक अनुरोध गर्दछौँ ।
Featured Posts – Style 1
दुर्व्यवहार विरुद्धको सचेतनाको अभिवृद्धि :
2026-06-15 Comments Off on दुर्व्यवहार विरुद्धको सचेतनाको अभिवृद्धि :
दुर्व्यवहार विरुद्धको सचेतनाको अभिवृद्धि : ज्येष्ठ नागरिकका लागि खुशी र समृद्ध (विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्ध चेतना दिवस १५ जुन...
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत
2026-06-15 Comments Off on सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत काठमाडौ । फेसन, सिर्जनशीलता, कथावाचन (स्टोरीटेलिङ) तथा डिजिटल प्रभावका क्षेत्रका सर्वाेत्कृष्ट सर्जक तथा कन्टेन्ट क्रिएटरहरूलाई राजधानीमा...
पत्रकार महासंघ भक्तपुरको २४ औं साधारणसभा सम्पन्न
2026-06-13 Comments Off on पत्रकार महासंघ भक्तपुरको २४ औं साधारणसभा सम्पन्न
पत्रकार महासंघ भक्तपुरको २४ औं साधारणसभा सम्पन्नभक्तपुर, ३० जेठनेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २४औं वार्षिक साधारणसभा शनिवार भक्तपुर बैंक्वीटमा सम्पन्न...
वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकन
2026-06-12 Comments Off on वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकन
वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकनभक्तपुर, २९ जेठवागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले शुक्रबार...
ख्वप मावि र शारदा क्याम्पस माविमा नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण
2026-06-12 Comments Off on ख्वप मावि र शारदा क्याम्पस माविमा नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण
ख्वप मावि र शारदा क्याम्पस माविमा नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरणभक्तपुर, जेठ २९ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय...














