वर्षाले दुवाकोटमा घर भत्कियो

वर्षाले दुवाकोटमा घर भत्कियो
भक्तपुर, श्रावण २३ गते
अबिर वर्षाका कारण भक्तपुरमा एउटा घर भत्किएको छ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा न१ स्थित सम्थली गणेश मन्दिरस्थित बिदुर केसीको अस्थायी घर भत्किएको हो । घर पछाडीको ढिस्को बगेर आई घरको गाह्रो भत्की पूर्णरुपमा घर नै पुरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घर पुरिएपछि अस्थायी प्रहरी पोष्ट दुवाकोट बेसी र सशस्त्र प्रहरी दुवाकोट गण भक्तपुरबाट टोली परिचालन भई उद्धार कार्य सम्पन्न गरेको सूचना अधिकारी बसन्त पाठकले जनाएको छ ।