भक्तपुरको प्रत्यक्ष निर्वाचनमा रञ्जित र खत्रीको जीत
भक्तपुर, फागुण २३ गते
प्रतिनिधी सभा २०८२को प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार भक्तपुर निर्वाचन क्षेत्र १बाट रास्वपा घण्टीका रुकेश रञ्जित र भक्तपुर निर्वाचन क्षेत्र नं. २बाट राजीव खत्री विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले सार्वजनिक गरेको मत परिणाम अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं.१मा नेमकिपाको मादलको प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीका रुकेश रञ्जितले ५२८९ मतान्तरमा ३३,४३६ मत प्राप्त गरी विजयी भएका छन् । यसे क्षेत्रमा नेपाली कांग्रेसका किरण न्यौपानेले ४२८२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेको सूर्यले ३७२१ म्त प्राप्त गरेका छन् । यसै गरी राप्रपा हल्लोका भरतबहादुर खड्काले २ हजार ४ सय ७२ मत प्राप्त गरेका छन् ।
यसै गरी भक्तपुर निर्वाचन क्षेत्र नं. २मा नेकपा एमालेका महेश बस्नेत सूर्यले १०९९६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टीका राजीव खत्रीले३१३३८ मतान्तरले ४२,३३४ मत प्राप्त गरी विजयी भएको छ । विजयी उम्मेदबारहरुलाई आजै निर्वाचन अधिकृतहरुले प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।














