भक्तपुर निर्वाचन क्षेत्र नं. २कालागि राप्रपा भक्तपुरका उम्मेदबारको कुरा

भक्तपुर निर्वाचन क्षेत्र नं. २कालागि राप्रपा भक्तपुरका उम्मेदबारको कुरा
भक्तपुर, फागुण १४ गते
भक्तपुर निर्वाचन क्षेत्र नं २कालागि राप्रपा भक्तपुरका उम्मेदबार बिक्रम थापाले राज तन्त्र र सनातन धर्मकालागि आफ्नो उम्मेदवारी भएको जनाउको छ। स्वतन्त्र पत्रकर संघ भक्तपुरले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उम्मेदबारले देशमा सुशासन ल्याउन, भ्रष्टाचार अन्तकालागि आफूले उम्मेदबारी दिएको चर्चा गरेका छन् ।

कार्यक्रममा छुटै प्रसंगमा थापाले भक्तपुर क्षेत्र नं २ मा दुई वटा मात्रै विचारका पार्टीहरु चुनावी मैदानमा रहेको बताए । एउटा राजावादी, हिन्दु राज्य चाहने अनि संघीयविरोधी र अरु गणतन्त्रबादी, धर्मनिरपेक्ष अनि संघीयतापक्षीय रहेको उनको भनाई छ । आफूहरु राजवादी, सनातन हिन्दु राज्य पक्षीय र संघीयताविरोधी र बाँंकी सवै पार्टीहरु गणतन्त्रबादी, धर्मनिरपेक्ष र संघीयता पक्षधर रहेको उनको भनाई छ । 

https://youtu.be/9_TzFp0Q-K0