न पुर्खाले हामीलाइ केही दिन सके न आधुनिकताले नै केही दियो । रुप बदलिएर आएको कोभिड १९ को माहौल चलेदेखी सरकारले प्याकेज बनाएर कार्यक्रम चलाई दिएको भए आज यस्तो कठिन अबस्थामा कतिपय नेपाली दाजुभाईहरुले रहनु पर्ने थिएन । अहिले सारा ज्याला मजदुरी र अन्य कामका खानेहरु र त्यसैका लागि बसेका धेरै निमुखा र अत्यधिक गरिवीले आक्रान्त भएका मजदुर वर्गहरु यो लामो समयको लकडाउनमा उपत्यका भित्रै बसि अनिश्चितकाल सम्म रहिरहन नसक्ने ठानी हुल बाँधी पैदलै यात्रा गर्दै आफ्नै जन्मेको ठाउँ जाने भनी बच्चा काँधमा बोकी झोला कम्मरमा बोकी हुलका हुल नागरीक सहरी बाटो छोडी घुमाउरो गाँउका बाटोबाट पैदल हिडेर आएका भेटिए । उनीहरुको सहज मस्तिष्क कति बाध्यतामा छ कति तनाबमा छ त्यस्को कल्पनै नगरौ एकातर्फ लक डाउन छ अर्को तर्फ यसरी हिडेर जान पर्दा पुलीसले खेदला भन्ने डर पनि छ । चार दिन भयो रे हिडेर आएको , कहाँ देखि भन्दा नुवाकोट देखि रे , पुग्ने कहाँ त भन्दा पनैती भन्ने थाह भयो । यी साना दुधे वालक र ४, ५ बर्षको अबोध बालकहरुलाई डोर्याएर हिडाउदै नसकेको ठाँठाउमा बोक्दै आएका रहेछन भन्ने थाह भयो के खुवाएर लिई आए होलान ? कहाँ कसरी रात बिताए होलान ,? पानी पनि जहाँ पायो उहाँ खान पाईएन भने, के खायौ त भन्दा के खानु र हजुर दालमोठ चिउरा , चाउँ चाउँ यी साना नानीहरुलाई खुवाएर लिई आएँ छौ , काममा बसौ भने काम पनि भएन खानाको जोहो पनि छैन भन्ने भनाई सुनियो ।
अहो! काल (समय) । तँ बडो बिचित्रको छस । मलाई थाह छ तँ कसको ईशारामा उठ बस गर्दैनस ? तर बिकशित मानव यो कुरा बुझ्दैन , र बुझेर पनि अबुझ नै देखिन्छ । यदि यो नै थियो भने सरकारले यसरी अलपत्र परेकालाई अगाडि नै आफ्नो जन्म स्थान जानका लागि किन व्यवस्था गरिदिएन ? यी काराभानका जस्ता टोली लस्कर देखेर युद्द्ले अस्त वस्थ भएर सरणार्थी जस्तै अरु मुलुकका वेनागरीक जस्तै लाग्यो आफ्नै नागरीकहरुको यो हालत देखेर आँखा रसाए , मुटुमा चसक्क भयो । बिश्वमा फैलीएको यो नयाँ महामारीले भोलीका दिनमा अरु के के निम्तयाउला भन्न सकिन्न । सरकार वेपत्ता कताँ कुदिरहेछ ? जनता वेपत्ता कता कुँदि रहेछन ? ( अत्तो पत्तो भएन । हिजैमात्र ठिमीमा एउटा पत्रकार सम्मेलन गरियो । महान पत्रकारहरु डिनर खाँदै प्रस्तुति लेख्ने संकल्प लिएर रकम बुझ्दै थिए । अहो यो मुलुक राम्रो नभए अरु कुन हुन्छ त ? भकारी भरि धान , बारि भरि सागपात , चौविसै घण्टा नन् स्टप पानी बगी रहने धारा चारै तर्फ जंगल र हरियालीले घेरिएको मेरो बासस्थान अगाडीबाटै पैदल आफ्ना घर जान लागेका बेखर्ची त्यो हुललाई मैले मद्दत पुर्याउन चाहेर पनि सकिन सायद भोलीको दिन पनि यो भन्दा बढी दर्दनात्मक नहोला र ? किनकी यो समय ब्यक्तिगत रुपले मद्दत गर्न गराउन निषेध गरिएको छ । समाज पनि यो स्विकारदैन । यस्ता अन्य कस्ता कस्ता बिबिध परिस्थितिहरु होलान के कुरा गर्नु ? यति नै देखेँ , सत्य त्यति नै लेखेँ , कसैको भत्ता खाएर पनि आजतक बाँचिन , सत्यको पथ पनि मोडिन , चाहेको सहयोग दिन नपाएर मन खिन्न लिएर उभिई रहेँ । ईश्वर नमान्नेसंग करुणाको भावना पनि हुदैन भन्ने बुझि गएँ ।
यज्ञबहादुर कार्की
गुण्डु भक्तपुर ।
लकडाउनबासीलाई सुझाब
यो लक डाउनको कठिन कालमा सम्पुर्ण दाजु भाइ , दिदी बहिनी बा ,आमा र साथी भाईहरुलाई हृदय देखीको स्वस्थ रहने कामना गर्द्छु ।
१ मन स्थिर राख्नु होला ।
२ सानो तिनो स्वास्थ गडबडीमा अनावश्यक शंका उपशंका र भय लिई चिन्ता नलिनु होला ।
४ बिहान उठना साथ ॐ बृहस्पताय नमस् तीन चोटी उच्चारण गर्नु होला ।
५ बेला बेलामा तातो पानी ( बढि तातो हुदैन ) कागती र फाईन सक्खर राखि पिउनु होला ।
६ प्रसस्त गरम गर्ने बस्तुहरु नखानु होला यसो हुदा , स्वछ हावाको कमिले र क्याईमेट पनि गरम भएको कारणले शरिरमा जण्डीस जस्ता रोग उब्जन सक्दछ , तसर्थ बेलेन्स मिलाएर खाना खानु होला र सकभर यो समय माथी छतमै भए पनि बिहानको समय निस्किएर अलि अलि जिऊ चलाउनु होला ?
७. सक्नु हुन्छ भने हरियो सागपात बढि खानु होला ?
८ हात बाहिर गएर आँउदा सावुन पानीले मिचि मिचि धुनु होला , तर अनाबश्यक रुपमा पनि स्न्टिन्टीलाईजर बा साबुन पानी बढी प्रयोग गरिरहदा स्किन एलर्जी हुन पुग्छ , हातछाला कडा भै फुटने बा सेता सेता धर्सा बस्न जाने हुनाले तपाईले ओलिभन आईल ,बा सुद्द तेल दल्दै गर्नु पर्छ ।९ बिहान भान्सा मा काम गर्ने आमा दिदी बहिनीहरुले
एक पटक गाह्रो नमानी पहिला तातो पानीले खाने भाडाकुडाहरु पखाल्नु होला ।
१०, सकिन्छ वा छ भने तपाईले यसबखत आल्मुनियमका भाडा बढिमात्रामा प्रयोग नगर्नु राम्रो हुनेछ , आल्मुनियमको कसले शरिरमा शरिरको ईम्युनिटि नाश गर्छ र अल्जायमर जस्तो रोग उत्पन्न गराउँदछ ।
११ साधारण औषधीहरु जस्तै , प्यारा सिटामोल , ब्रुफिन डाईजिन , सन्चो ,आदि घरमै किनेर राखि राख्नु होला ।
१२ सकिन्छ भने बिहान एक पात तुलसी( हरियो) पखाली पानीसंग पिउनु होला ।
१२ फलामको कराहि वा अन्य भाडामा बेला बेलामा मासको दाल पकाई खानु होला यसो हुदा तपाईमा आईरन कम हुन पाउँदैन , आईरन बढी शरिरमा रहन्छ ।
१३.आफुले दैनिक रुपमा खादै आएका औषधी खान नटुटाउनु होला ?
१४ बाहिर निस्कदाँ मास्क लगाएर निस्कनु होला तर हातले ,माक्स मिलाउन भनेर मुखमा नछोई रहनु होला
घरमा आएपछि पनि हात धोएरमात्र मास्क फुकाल्नु होला
१५ एक पटक लगाएको माक्स फेरि लगाउनै परेमा सावुन पानीले धोई , सुकाएर मात्र लगाउनु होला ?
१५ लक डाउनमा रहेको समयमा रचनात्मक काम गर्नु होला वा राम्रा राम्रा सकारात्मक सोच आउने काम कुरा गर्नु होला र प्रफुल्ल रहने कोशिस गर्नु होला
यज्ञबहादुर कार्की
गुण्डु भक्तपुर ।













