खानेपानी गुणस्तर परीक्षण मिनी प्रयोगशाला उद्घाटन, शुभारम्भ

खानेपानी गुणस्तर परीक्षण मिनी प्रयोगशाला उद्घाटन, शुभारम्भ

२०८१ पुस ९ मंगलबार
चाँगुनारायण नगरपालिका, भक्तपुर

नेपाल सरकारले लिईएको दिगो बिकास लक्ष्य ६.१ अन्र्तगत “सबैका लागि सुरक्षित खानेपानी सुनिश्चित गर्ने” उदेश्य हाँसिल गर्नको लागि यस नगरपालिकामा संचालित सुरक्षित पानी र उत्थानशिल नगरपालिका (Building a Water Safe Resilient Municipality)-SARWACHA) सर्वोच परियोजना संगको साझेदारी सहयोगमा आज मिति २०८१ पुस ९ गते मंगलबार खानेपानी गुणस्तर परीक्षण मिनी प्रयोगशाला शुभारम्भ भएकोछ । नगरबासीहरुलाई सुरक्षित खानेपानीमा पहुँच पु¥याउने लक्ष्यका साथ शुभारम्भ भएको मिनी प्रयोगशालामा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ मा उल्लेखित २७ वटा मध्ये १४ वटा आधारभूत पारामितिहरु (धमिलोपन, तामक्रम, हाइड्रोजन विभव PH,, विद्युतीय संवाहकता, फलाम, क्लोराइड, अमोनिया, नाइट्रेट, फोस्फ्ट, आर्सेनिक, क्लोरिन अवशेष, कुल कडापन, इ.कोली, कुल कोलिफम) परीक्षण गरिन्छ । थप अन्य पारामितिहरु परीक्षणको लागि ल्याबको क्षमता थपिदै लगिने छ । मिनी प्रयोगशालालाई दिगो रुपमा संचालन गर्नको लागि चाँगुनारायण नगरपालिकाले खानेपानी गुणस्तर अनुगमन तथा गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन कार्यबिधि २०८१ समेत पास गरि सकेको छ ।


हाल नगर क्षेत्र भित्रको खानेपानी गुणस्तर परीक्षण सेवाको लागि अन्य ठाउमा रहेको परीक्षण प्रयोगशालामा जानु पर्ने बाध्यता रहेको छ । यस खानेपानी गुणस्तर परीक्षण प्रयोगशालाको स्थापना पश्चात सुरक्षित खानेपानी बारे जनचेतना अभिबृद्धि गरि जनस्वास्थ्य सुधारमा योगदान गर्ने उदेश्यले मिनी ल्याब स्थापनाको अवधारणा विकास गरिएको हो । नगर क्षेत्र र बाहिरको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु, बिद्यालयहरु, स्वास्थ्य संस्थाहरु, होटल व्यवसायीहरु, नीजि जारको पानी उत्पादन र बिक्री वितरण गर्ने कम्पनीहरु, टंयाङ्कर व्यवसायीहरु लगाएत अन्य संघ संस्थाहरुले समेत खानेपानी गुणस्तर परीक्षणको लागि नगरपालिकाबाट संचालित ल्याबबाट सेवा लिन सकिनेछ । मिनी ल्याबमा खानेपानीको गुणस्तर परिक्षण गरे वापत नगरपालिकाले निर्धारण गरेको शुल्क तिरेर सेवा लिन सकिनेछ । मिनी ल्याबको स्थापना पश्चात खानेपानी सुरक्षा योजनाको कार्यान्वयन, सुरक्षित खानेपानी समुदाय सुनिश्चित, तीन तारे विद्यालय निर्माणमा समेत ल्याब मार्फत प्रदान गरिने सेवाबाट सहयोग पुग्ने धारणा चाँगुनारायण नगरपालिकाको वास संयोजक सुरेन्द्र लामिछानेले जानकारी गराउनु भयो । साथै खानेपानी गुणस्तर परीक्षण मिनी ल्याब संचालनको लागी नगरपालिकाको तर्फबाट खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) शाखाले आवश्यक समन्वय र सहजिकरणको लागी काम गर्ने जानकारी दिनु भयो । भक्तपुर जिल्लामा रहेको नगरपालिकाहरु मध्ये चाँगुनारायण नगरपालिका खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला संचालनमा ल्याउने पहिलो नगरपालिका हो भने काठमाण्डौं उपत्यकाको तेस्रो नगरपालिका हो । यस अघि गोदावरी र महालक्ष्मी नगरपालिकाले खानेपानी गुणस्तर परीक्षण ल्याब संचालनमा ल्याई सकेका छन् ।

चाँगुनारायण नगरपालिकासंगको समन्वय र लागत साझेदारीमा नेदरल्याण्डको Dopper को आर्थिक सहयोगमा सामाजिक समावेशको समान विचारधारा भएका संस्थाहरू सिमावी (Simavi) र Biruwa Advisor नामक संस्थासंगको सहयोगमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) मार्फत ल्याब सञ्चालनको लागि सहयोग प्राप्त भएको हो ।
चाँगुनारायण नगरपालिकाको नगर प्रमुख जीवन खत्री र प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले खानेपानी गुणस्तर परीक्षण मिनी ल्याबको आज एक समारोहको बिच औपचारिक शुभारम्भ गर्नु भयो । वातावरण र जनस्वास्थ्य संस्था (ऐन्फो) को तर्फबाट कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठ, सिनियर म्यानेजर प्रशन्न प्रधान लगाएत विभोर महर्जन, मेरिना महर्जन, ई. सन्तोष दाहाल समेतको उपस्थिति रहेको थियो । नगर प्रमुख जीवन खत्रीले भन्नु भयो एन्फो लगाएतको सहयोगी संस्थाले नगरपालिकासंग मिलेर सुरक्षित खानेपानी प्रणालीको दिगोपनको लागि निजी, वित्तीय क्षेत्रहरू र स्थानीय समुदायहरूसंग मिलेर सहकार्यका कार्यक्रमहरु अगाडी बढाई रहेको छ । साथै खानेपानी, सरसफाइ, स्वच्छता र वातावरण संरक्षणको क्षेत्रमा समेत एन्फोसंगको सहकार्यमा कार्यक्रमहरु अगाडी बढी रहेकोछ । आगामी दिनमा समेत चाँगुनारायण नगरपालिकालाई प्रथमिकतामा राखि कार्यक्रमहरु अगाडी बढाउन नगर प्रमुखले अनुरोध गर्नु भएको थियो । एन्फोको कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठले मिनी ल्याब स्थापना गर्नु भन्दा पनि मिनी ल्याबको दिगोपना चुनौतिपूर्ण बिषय हो । खानेपानी गुणस्तर परीक्षणमा समुदाय र सरोकारवाला निकायहरुको पहँुच कसरी बढाउने भन्ने बिषयलाई प्रमुख प्रथमिकतामा राख्नु पर्ने बिचार राख्नु भएको थियो ।