भक्तपुरमा नमूना मतदान कार्य सम्पन्न, फाल्गुण २१गतेको मतदानको तयारी

भक्तपुरमा नमूना मतदान कार्य सम्पन्न, फाल्गुण २१गतेको मतदानको तयारी
भक्तपुर, फाल्गुण ८ गते
विद्युत तालिम केन्द्र खरिपाटी भाक्तपुरमा आज नमूना मतदान कार्यक्रम आयोजना गरेको छ । मतदानकोक्रममा बम बारुद्ध पड्ेकाएर, नाराजुलुस गरेर, निर्वाचन आँचार सहिता उलंधन गरेर निर्वाचन बिठोल्ने कुचेष्टा हुन सक्ने संभावनाहरुमाथि अभ्यास गर्दै नमूना मतदान गरेका हुन । भक्तपुर प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको प्रमुख आतिथ्यतामा आयोजित सो नमूना मतदानमा वास्तविक मतदान कार्य हुँदा हुन सक्ने विभिन्न अबांच्छित गतविधिलाई के कसरी नियन्त्रणमा लिने र निर्वाचन आचार ंहिता अनुसार निर्वाचन सम्पन्न गर्ने भन्ने सवालहरुलाई पूर्वा अभ्यास गरेर निर्वाचनसँग जोडिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय तथ निर्वाचन प्रहरी सहित सरोकारवालाहरु बीच नमूना मतदान कार्य सम्पन्न गरेका हुन । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकाय एवं निर्वाचन प्रहरीको सहभागितामा सो नमूना मतदान कार्यक्रम आयोजना गरिएको हो । नमूना मतदान कार्य गर्दा विस्पोटक पदार्थ बाटोमा राखेको, फर्जि मत खासाल्न खोजेको, मतपत्र बाकसमा नखसालि हिड््ने खोजेको, अस्त्त जेष्ठ नागरिकलाई घरका सदस्यले मात्रै मतदान गराउन सकिने, मदतानकोक्रममा मादवप्रदार्थ सेवन गरी होहल्ला गर्ने, हुलदंगा गर्ने, बुठ क्यापचर गर्न सकिने सहित निर्वाचनका विभिन्न ८ वटा जोखिमहरुको विश्लेषण र अभयास गरी नमूना मतदान कार्य सम्पन्न गरेका हुन । सो मतदानको स्थलगत निरिक्षण गर्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी ढकालले आसन्न निर्वाचनलाई थप व्यवस्थित पार्न सभावित घटना बारे सुसूचितपार्न सो मतदान कार्य भएको उल्लेख गरेका छन् । सो अवसरमा मुख्य निर्वाचन अधिकृत नवराज दाहाल, भक्तपुरका प्रहरी नायव उपरिक्षक प्रकाश जवेगुले पनि निर्वाचन आँचारसंहिता र विभिन्न तह तप्काकाले निभाउनुपर्ने जिम्मेवारिता र दायित्व बारे प्रकाश पारेका थिए । सो नमूना मतदानपश्चात मतगणनास्थलको पनि स्थलगत निरिक्षण गरेको थियो ।