काठमाण्डौं, बेशाख ५ गते
कोरना भाइरसको द्रुत RDT परिक्षण ७५ जिल्लाबाट सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोलुखुम्बु र दोल्पा बाहेक देशका हरेक जिल्लाबाट RDT परीक्षण सुरु भएपछि गत २४ घण्टाको अवधिमा ४८२२को नयाँ परीक्षण सम्पन्न गरेको मन्त्रालयका प्रबक्ता डाक्टर विकास देवकोटाले जनाएको छ । RDT परीक्षणमा पोजेटिभ देखिएका अधिकांशको PCR परिक्षणमा नेगेटिभ देखिएको छ, डाक्टर देवकोटाले बताएका छन् । RDT र PCR परीक्षणबाट आजसम्म २४,२५३ जनाको परीक्षण सम्पन्न गरिसकेका छन् । यो अवधिमा १६ जनामा मात्र कोरना भाइरस संक्रमित भएका मध्ये एक जनाको निको भइसकेको छ भने १५ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानेको छ ।
पाटन अस्पतालमा आज देखि पिसिआर परीक्षण सुरु गरेको छ । योसँगै पिसिर परीक्षण देशभर १४ ठाउँबाट भइरहेको छ भने देशभर क्वारेन्टाइनमा रहनेको संख्या ४,६०७ जना रहेका छन् भने काठमाण्डौमा रहेका ५ जन सहित ९० जना आइसोलेशन वार्डमा छन् । कोरना भाइरस परीक्षणको दायरा बढाएको सरकारले ५।५ हजार थप पक्र परीक्षणका किटहरु प्रदेश सरकारहरुमा पठाएको जनाएको छ । कोरना परीक्षणका लागि अहिलेसम्म ७० हजार किटहरु देशभर पठाएको जानेको हो । कल सेन्टरमा आएको २,६३२ फोनको सुनुवाई गर्दा गत २४ घण्टामा मोबाइल एप र बेबसाइटबाट कोरना भाइरसको स्वपरीक्षण गर्नेको संख्या १८,२०० नाघेको छ । त्यस मध्ये २ जन रेडजोनमा थपिएका छन् । अहिलेसम्म रेडजोनमा रहेकाहरुको संख्या २५१ रहेको छ । सुदुर पश्चिममा कोरना भाइरसको प्रकोप फैलिन सक्ने संभावनालाई ध्यान दिन्दै सरकारले चिकित्सा विज्ञान अध्ययन प्रतिस्थानका ३४ जना स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ । जनगुनासोलाई सुनुवाई गर्दै नियमित स्वास्थ्य सेवाहरु आज देखि सुरु भएको पनि प्रवक्ता देवकोटाले जनाएको छ । सो अवसरमा फोक्सो तथा आइसियू विशेषज्ञ डाक्टर अर्जुन कार्कीले कतिपय व्यक्तिमा कोरना भाइरसले संक्रमित भए पनि लक्षण नदेखाएको अवस्थामा त्यसले अरुलाई पनि सारिरहेको हुन सक्ने भएकाले सचेत हुनपर्नेमा जोड दिनु भयो । कोरना भाइरस हावाबाट नभई संक्रमित व्यक्तिबाट मात्र सर्ने भएकाले सामाजिक दुरी कायम गर्नुपर्ने र सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिए ।













