भक्तपुर जिल्लामा अझै ९५ जना सक्रिय कोरोना संक्रमित बाँकी
भक्तप्ुर, माघ १८ गते
भक्तप्ुर जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ९ हजार ५ सय ७ पुगेको छ तर निको हुनेको संख्या भने ९हजार २ सय ८६ पुगेकोपछि हाल सक्रिय संक्रमितको संख्या जम्मा ९५ जना मात्र रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । हाल सक्रिय संक्रमितहरुमा ५३ जना पुरुष र ४२ जना महिला गरी ९५ रहेका छन् । संक्रमितहरु मध्ये ६ महिला र ६ पुरुष गरी १२ जना विभिन्न अस्पतालमा उपचारमा रहेका छन् भने ४७ पुरुष र ३६ महिला गरी अन्य ८३ जना होम आइसोलेशनमै रहेको कार्यालय प्रमुख कृष्णवहादुर मिजारले जनाएको छ । कोरोनाका कारण अहिलेसम्ममा ८१ पुरुष र ४५ महिला गरी १२६ जनाको मृत्यु समेत भइसकेको उल्लेख गर्दै कार्यालय प्रमुख मिजारले भक्तपुर नगरपालिकाका ४५, मध्यपुर ठिमी नगरपालिकाका ४१, सूर्यविनायक नगरपालिकाका ३१ , चाँगुनारायण नगरपालिकाका ९ गरी १२६ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको बताएका हुन । अहिलेसम्म भक्तपुर नगरपालिकाका १,७८०, चाँगुनारायण नगरपालिकाका ८६१, मध्यपुर थिमी नगरपालिकाका ३,४९९ सूर्यविनायक नगरपालिकाका ३,०७३ र अन्य २९४ जना गरी ९५०७ जना कोरोना संक्रमित भएका थिए भने त्यसमध्ये हाल सक्रिय संक्रमितहरु भक्तपुर नगरपालिकामा ७, चाँगु नपामा १२, मध्यपुर थिमी नगरपालिकामा ३१, सूर्यविनायक नगरपालिकामा ४० र अन्य ५ जना गरी ९५ जना रहेको पनि स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।













