भक्तपुरका निर्वाचन स्थल र केन्दहरुको स्थलगत निरिक्षण सुरु !
भक्तपुर, माघ २१ गते
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले भक्तपुर जिल्लाका निर्वाचन स्थल र केन्द्रहरुको स्थलगत निरिक्षण सुरु गरेको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरको नेतृत्वमा आज भक्तपुर निर्वाचन क्षेत्र नं. २का निर्वाचन स्थल तथा केन्द्रहरुको स्थलगत निरिक्षण गर्दै स्थानीय जनप्रतिनिधीहरुसँग छलफल गरेका छन् । जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, भक्तपुर निर्वाचन क्षेत्र नं.१का मुख्य निर्वाचन अधिकृत नवराज ढकाल, २का निर्वाचन अधिृकत राधिका सुवाल सहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी त्यसै गरी अनुसन्धान अधिकृतहरु र पत्रकारहरु सहितको टोलिले मध्यपुर थिमीको बोडे, नगदेश, चपाचो, बालकुमारी, गठ्ठाघर, लोकथली सहित मध्यपुर थिमी नगरपालिका क्षेत्रका निर्वाचन स्थल र केन्द्रहरुको निरिक्षण गरेका हुन ।
मध्यपुरका घन्ना बस्ती, त्यसमाथि खुल्ला ठाउँ, पाटीहरुमा अधिकांस मतदान स्थल र केन्द्रहरु रहेका छन् । ति केन्द्रहरुको सुरक्षाको सम्मेदनशिलताका आधारमा जोखिमयुक्त भए पनि शान्तिपूर्ण र भयरहित तरिकाले थप व्यवस्थितरुपमा निर्वाचन सम्पन्न गर्न आज स्थलगत निरिक्षण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जनाएको छ । मतदानको दिनमा शान्ति सुरक्षाको प्रत्याभूतीका साथै पानी हावा हुरी चल्न सक्ने संभावनालाई ध्यानदिएर्र थप सुरक्षा व्यवस्थापन गर्न आवश्यक तयारीको लागि समेत मतदान स्थल र केन्द्रहरुको स्थलगत निरिक्षण गर्न थालेको उहाँले बताउनु भयो । जिल्लाका दुबै निर्वाचण क्षेत्रहरुको स्थलगत निरिक्षण गरी निर्वाचनकालागि आवश्यक तयारी गर्न भएको सो निरिक्षणका क्रममा मध्यपुर थिमी नगर क्षेत्रका वडा नं. १ देखि ९ सम्मका १६ मतदान स्थलका ५२ वटा मतदान केन्द्रहरुको आज स्थलगत निरिक्षण भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम बिसीले जनाएको छ । भक्तपुरका २ वटा निर्वाचन क्षेत्रमा ७६ मतदान स्थलमा २३३ मतदान केन्द्र रहेका छन् । ति बाँकी मतदान स्थल र केन्द्रहरुको पनि क्रमिक रुपमा स्थलगत निरिक्षण गरी निर्वाचनलाई व्यवस्थित रुपमा सम्पन्न गर्ने तयारी भइरहेको उहाँले जनाएको छ ।














