भलिबल प्रतियोगिताको फाइनल भोली

भलिबल प्रतियोगिताको फाइनल भोली
भक्तपुर, कार्तिक १० गते
हिजो देखि सुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगिता अन्तर्गत भलिवल प्रतियोगिताको फाइनल खेल भोली हुने भएको छ । सहीद स्मृति खेलमैदानमा हिजोबाटै सुरु भएको भलिवल प्रतियोगितामा आज बागेश्वरी माविले श्रीपद्म माविलाई २५-२१, १२-१५ र १५ -१३ले हराएर छात्रा तर्फको सेमीफाइनलमा प्रवेश गरेको थियो भने बासु माविले अक्सफोर्ड एकेडेमीलाई २५-२२, २५-२२ को सोझो सेटमा हराएका थियो । यसै बीच श्रीपद्म माविले सरस्वती माविलाई पनि २५-११ २५-२०को सोझो सेटमा हराएका थिए अर्को खेलमा पनि बागेश्वरीले सरस्वतीलाई सोझो सेटमै २५ -१०, २५-८ मा हराएर छात्रा तर्फ बागेश्वरी, श्री पद्म र बासु मावि सेमी फाइनलमा प्रवेश गरेका थिए ।


यसै गरी छात्रतर्फ भएको खेलहरुमा श्री पद्म मावि र सारदा मावि विच भएको खेलमा २५-१५, २५-२०ले श्रीपद्म, गणेश मावि र बागेश्वरी वीच भएको खेलमा २५-१३, १२-२५, १२ -२५ले बागेश्वरी, श्री पद्म र सरस्वती मा वि बीच भएको खेलमा २५ -१२, २७ -२५ ले श्री पद्म मावि सेमिफाइनलमा प्रवेश गरेको छ । अर्को खेलमा शारदा मावि र सरस्वती मावि बीचको खेलमा २५-१४, २५ -११ ले शारदा मावि विजयी भएसँगै शारदा सेमिफाइनलमा प्रवेश गरेको थिए। भलिवल खेलको सेमिफाइनल र फाइनल प्रतियोगिता भोलि हुने भक्तपुर जिल्ला भलिवल संघका अध्यक्ष एवं राष्ट्रिय रेफ्रि विनोद रायले जनाएको छ।