चाँगुनारायण नपामा ८३० किशोरीलाई एचपीभि खोप दिने तयारी
भक्तपुर, माघ २२गते
स्वास्थ्य शाखा चाँगुनारायण नगरपालिकाले नगरपालिका भित्रका किशोरीहरुलाई पाठ्यघरको मुखको क्यान्सर रोग विरुद्ध खोप अभियान सञ्चालनको तयारी गरेको छ । आज नगरपालिकाको सभाहलमा आयोजित सो बारे अन्तिरक्रिया तथा पैरवी कार्यक्रममा स्थानिय जनप्रतिनिधीहरुसँग अन्तरक्रिया र सुझाव संकलन गरेको छ । सो अवसरमा सहभागि महानुभावहरुले ईट्टा भट्टामा काम गर्न आउने र विद्यालय बाहिर रहेका तथा कक्षा ६मा अनुर्तिण भएका किशोरी तथा गत वर्ष छुटेका किशोरीहरु बारे विस्तृत अध्ययन गरेर नछुट्ने र नदोहरीने गरी खोप सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए । स्वास्थ्य शाखा चाँगुनारायण नगरपालिकाले माघ २६ गते देखि फाल्गुण १ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन गर्ने तयारी भएको भन्दै शाखाका प्रमुख दिलिपकुमार दुवालले नगर खोप समितिको आजै बैठक र अन्तरक्रिया कार्यक्रम आयोजना गरी लक्षित किशोरीहरु कोही पनि नछुट्ने तथा न दोहरी गरी खोप व्यवस्थापन गर्न विद्यालय केन्द्रित खोप अभियान सञ्चालन हुने बताउनु भयो ।


गत वर्ष ९ प्रतिशत सम्म किशोरीहरु खोप लगाउनबाट छुटेकोमा टिप्पणी गर्दै सो अवसरमा नगर प्रमुख जीवन खत्रीले भविष्यका कर्णधार किशोरीहरुलाई क्यान्सरबाट वचाउने सुवर्ण अवसरको रुपमा यो अभियानमा लाग्न र जुत्न तथा प्रचार प्रसार गरेर भएपनि सत प्रतिशत खोप सुनिश्चित गर्न आग्रह गर्नु भयो । प्रमुख खत्रीले विद्यालय तह र स्वास्थ्य केन्द्रबाट पूर्ण खोप सुनिश्चितताका साथ महत्वपूर्ण अभियानको रुपमा थप तयारी गर्न आग्रह गर्नु भयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले
राष्ट्रिय अभियानको रुपमा छाला तथा यौन रोगको निदान तथा संक्रमण कम गर्ने अवसरको रुपमा यस अभियानलाई वडा र समुदायस्तरमा पुयाउनुपर्नेमा जोड दिदै नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले नगरको लक्षित ८३० किशोरीको पहुँचमा खोप पुर्याउने आग्रह गर्नु भयो । सो अवसरमा जनस्वास्थ्य कार्यालय भक्तपुरका पारवर्ती विष्टले एचपिभि खोपको महत्व र तयारीमा पुर्याउने पर्ने साबधानी बारे जानकारी दिनु भयो भने विश्व स्वास्थ्य संगठनका प्रतिनिधी दिप्ती थापाले एपपि भि खोपको विश्व व्यापी मान्यता बारे जानकारी दिनै प्रत्येक दिन ४ जना किशोरीहरु क्यान्सरबाट मृत्यु भइरहेकोले यस अभियान प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भयो ।
चाँगुनाराण नगरपालिका भित्र यस वर्ष ५९४ किशोरी र गत वर्ष छुटेका २३६ गरी कुल् ८३० जना किशोरीलाई ४४ वटा विद्यालयहरुबाट खोप दिने तयारी गरेको छ। छुटेकाहरुलाई फाल्गुण ४ र ५ गते स्वास्थ्य केन्द्रहरुबाट दिने तयारी भएको शाखाका बलराम तिमल्सेनाले जनाएको छ।













