भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष न्यौपानेद्वारा पदभार ग्रहण
भक्तपुर ः भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कृष्णमुरारी न्यौपानेले सोमबार पदभार ग्रहण गरेका छन् ।
गत पौष २५ र २६ गते सम्पन्न संघको ३८ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष न्यौपानेलाई निवर्तमान अध्यक्ष रोशनीमैयाँ धौबन्जाले पदस्थापन गराएका हुन् । पदस्थापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, संघका पूर्वअध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
पदभार ग्रहण गर्दै अध्यक्ष न्यौपानेले आफूलाई संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित गराउन सहयोग गर्ने पूर्वअध्यक्षहरु, पूर्व पदाधिकारीहरु एवं कार्यसमिति सदस्यहरु, सदस्यहरु लगायत सम्पूर्णलाई धन्यवाद दिए । उनले जिल्लाका उद्योगी, व्यवसायीहरुको हित, संस्थागत सुदृढीकरण, सामाजिक उत्तरदायित्व निर्वाह लगायतलाई संघले प्राथमिकता दिएर कार्य गर्ने बताए । ३८ औं वार्षिक साधारणसभाबाट पारित संघको भावी योजना तथा कार्यक्रमहरु गर्दै वैधानिक लक्ष्य प्राप्तिका लागि संघ अग्रसर हुने उनको भनाइ छ ।
संघको ३८ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति, साधारण सदस्यतर्फको उपाध्यक्षमा दिनेश गोसाई, वस्तुगत सदस्यतर्फको उपाध्यक्षमा विश्वराम दुवाल, एशोसिएट सदस्यतर्फको उपाध्यक्ष गणेशहरि प्रजापति, महासचिवमा रुकेश रंजित, सचिवमा गौतम सुजखू र कोषाध्यक्षमा रंजित मारिखू निर्वाचित भएका थिए ।
यसैगरी, कार्यसमिति सदस्यहरुमा अनिल शिवाकोटी, अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, गणेशभक्त गोसाई, नारायणप्रसाद भुसाल, महेशकुमार शर्मा, राजेश त्वानाबासू (राजु), राधाकृष्ण सापकोटा, सन्तोषकुमार मिश्र, सुरेन्द्र प्रजापति र श्यामप्रसाद मानन्धर निर्वाचित भए । महिलातर्फ कार्यसमिति सदस्यमा मञ्जु सुवेदी र सरस्वती कार्की तथा वस्तुगततर्फ कार्यसमिति सदस्यमा कृतन अवाल निर्वाचित भए भने कार्यसमिति सदस्यमै एशोसिएटतर्फ बिजोन त्वानाबासू र शिशिर किसी निर्वाचित भएका थिए ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
फ्रान्स निवासी समाजसेवीद्वय सुमित्रा र विद्याद्वारा CBR भक्तपुरमा मःमः भोज तथा क्यान्सर सचेतना कार्यक्रम
2026-11-03 Comments Off on फ्रान्स निवासी समाजसेवीद्वय सुमित्रा र विद्याद्वारा CBR भक्तपुरमा मःमः भोज तथा क्यान्सर सचेतना कार्यक्रम
फ्रान्स निवासी समाजसेवीद्वय सुमित्रा र विद्याद्वारा CBR भक्तपुरमा मःमः भोज तथा क्यान्सर सचेतना कार्यक्रम भक्तपुर विगत ५० वर्षदेखि फ्रान्समा बस्दै...
भक्तपुर–रत्नपार्क मेट्रो रेल सञ्चालन बारे भनपामा छलफल
2026-11-03 Comments Off on भक्तपुर–रत्नपार्क मेट्रो रेल सञ्चालन बारे भनपामा छलफल
भक्तपुर–रत्नपार्क मेट्रो रेल सञ्चालन बारे भनपामा छलफल भक्तपुर, १७ कात्तिक काठमाडौँ उपत्यकाको दिनानुदिन जटिल बन्दै गएको ट्राफिक व्यवस्थापनलाई दीर्घकालीन समाधान...
जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा फैसला कार्यान्वयनतर्फ विभिन्न मुद्दाका ९ जना फरार प्रतिवादी पक्राउ
2026-11-03 Comments Off on जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा फैसला कार्यान्वयनतर्फ विभिन्न मुद्दाका ९ जना फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा फैसला कार्यान्वयनतर्फ विभिन्न मुद्दाका ९ जना फरार प्रतिवादी पक्राउ भक्तपुर, १७ कात्तिक २०८३ जिल्ला प्रहरी परिसर...
नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाइयो: पेट्रोलमा २०, डिजेलमा ३० र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले घट्यो
2026-11-03 Comments Off on नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाइयो: पेट्रोलमा २०, डिजेलमा ३० र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले घट्यो
नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाइयो: पेट्रोलमा २०, डिजेलमा ३० र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले घट्यो काठमाडौँ —...
मध्यपुर थिमिमा सनसनी: ३३ लाख नगदसहित प्रमुख प्रशासकीय अधिकृत घिमिरे अख्तियारको फन्दामा
2026-11-03 Comments Off on मध्यपुर थिमिमा सनसनी: ३३ लाख नगदसहित प्रमुख प्रशासकीय अधिकृत घिमिरे अख्तियारको फन्दामा
मध्यपुर थिमिमा सनसनी: ३३ लाख नगदसहित प्रमुख प्रशासकीय अधिकृत घिमिरे अख्तियारको फन्दामा भक्तपुर, १६ कार्तिक — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...













