आगामी मङ्सिर १७ गतेदेखि मतदाता नामावली सङ्कलनको काम सुरू हुने ।
निर्वाचन आयोगले केही समयका लागि रोकिएको मतदाता नामावली सङ्कलन सम्बन्धी काम फेरि सुरु गर्ने भएको छ । आयोगले ७७ वटै निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली सङ्कलनको कामलाई निरन्तरता दिइने जनाएको छ । यसबाहेक पनि देशभरका ६३७ वटा स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली सङ्लन सम्बन्धी विशेष कार्यक्रम अभियानको रूपमा सुरु गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । मतदाता नामावली सङ्कलनको काम हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेश तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ ।
आयोगले१८ वर्ष उमेर पूरा गरेका नागरिकहरूको नाम मतदाता नामावलीमा समावेश गर्न सबैलाई आग्रह गरेको छ । आगामी मङ्सिर १७ गतेदेखि सुरू हुने मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुने छन् । पुष २० गते भित्र सबै स्थानीय तहमा मतदाता नामावली सङ्कलनको काम सकिने आयोगले जनाएको छ । २०७७ चैत्र ४ गते प्रकाशित अन्तिम मतदाता नामावली बमोजिम देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता कायम रहेकोमा यो अभियानपछि देशभर करिब १० लाख मतदाता थप हुने अनुमान आयोगले गरेको छ । यसअघि कोरोना महामारी तथा अघिल्लो सरकारले निर्वाचन घोषणा गरेका कारण मतदाता नामावली सङ्कलनको काम केही समय रोकिएको थियो ।
Featured Posts – Style 1
भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
2026-08-27 Comments Off on भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
काठमाडौँ, भदौ १० गते । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५:४५ बजेसम्म ७० जनाको मृत्यु भएको...
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिनकाठमाण्डौ, भाद्र १० गतेआज विहान ८ बजे र ४० मिनेटमा गएको...
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिनभक्तपुर, भाद्र १० गतेभोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन भएको खुलेको छ ।...
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
2026-08-26 Comments Off on टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचितकाठमाडौं, २०८३ भदौ १० गते, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआइ नेपाल)को ३१औँ वार्षिक...
भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क बिहिन, ९८४३२५११९९ मा खवर गरिदिन आग्रह
2026-08-26 Comments Off on भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क बिहिन, ९८४३२५११९९ मा खवर गरिदिन आग्रह
भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क विहिनभक्तपुर, भाद्र १० गतेआज बिहान करिब ९ बजे रसुवा भोटेकोशी आएको बाढी ले धेरैको...













