साहित्यकार शङ्कर शाहका तीन कृति लोकार्पित
काठमाडौँ ।
दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा राजधानीमा आयोजित एक समारोहमा साहित्यकार शङ्कर शाहका तीन कृतिहरूको लोकार्पण भयो ।
प्रतिष्ठानका अध्यक्ष साहित्यकार रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डा। मदनकुमार भट्टराई, नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मा, साहित्यकार भागीरथी श्रेष्ठ, नेपाली सेनाका पूर्व रथीहरू छत्रविक्रम शाह, सुशीलराज कार्की र सदीपबहादुर शाह, समालोचक प्रा। डा। भागवत ढकाल, कृतिकार शङ्कर शाहलगायतले ‘जेन लहर’, ’आइना जो देखाउँछ’ र ’दोबाटेको च्याखुरा’ नामक तीन कृतिको एकसाथ लोकार्पण गर्नुभयो ।
सो अवसरमा तीनै कृतिहरूको समीक्षा गर्दै समालोचक प्रा। डा। भागवत ढकालले शाहका कृतिहरू विविध विषयमा तयार गरिएका मौलिक कृतिहरू भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा डा। मदनकुमार भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सभापति रामप्रसाद पन्तले साहित्यकार शङ्कर शाहको कृतित्व र व्यक्तित्वको चर्चा गर्दै निकट भविष्यमा शाहका बारेमा लेखिएका लेखरचनाहरू समेटिएको अभिनन्दनग्रन्थ प्रकाशन गर्ने जानकारी गराउनुभयो । साथै प्रतिष्ठानलाई शाहबारेका लेखरचना पठाई सहयोग गर्नुहुन समेत आह्वान गर्नुभयो । कृतिकार शाहले कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गर्नुभयो । प्रतिष्ठानका महासचिव तथा साहित्यकार यादव भट्टराईले कार्यक्रमको सहजीकरण गर्दै अतिथिहरूलाई स्वागत गर्नुभएको थियो ।
बागबजारस्थित हार्दिक होटलमा सम्पन्न कार्यक्रममा प्रसिद्ध कलाकार शशीविक्रम शाहलगायत विशिष्ट साहित्यकारहरूको उपस्थिति रहेको थियो भने सो कार्यक्रममा लोकार्पित तीनैवटा कृतिहरू पूर्व रथी सदीपबहादुर शाहद्वारा प्रकाशन गरिएका हुन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
फ्रान्स निवासी समाजसेवीद्वय सुमित्रा र विद्याद्वारा CBR भक्तपुरमा मःमः भोज तथा क्यान्सर सचेतना कार्यक्रम
2026-11-03 Comments Off on फ्रान्स निवासी समाजसेवीद्वय सुमित्रा र विद्याद्वारा CBR भक्तपुरमा मःमः भोज तथा क्यान्सर सचेतना कार्यक्रम
फ्रान्स निवासी समाजसेवीद्वय सुमित्रा र विद्याद्वारा CBR भक्तपुरमा मःमः भोज तथा क्यान्सर सचेतना कार्यक्रम भक्तपुर विगत ५० वर्षदेखि फ्रान्समा बस्दै...
भक्तपुर–रत्नपार्क मेट्रो रेल सञ्चालन बारे भनपामा छलफल
2026-11-03 Comments Off on भक्तपुर–रत्नपार्क मेट्रो रेल सञ्चालन बारे भनपामा छलफल
भक्तपुर–रत्नपार्क मेट्रो रेल सञ्चालन बारे भनपामा छलफल भक्तपुर, १७ कात्तिक काठमाडौँ उपत्यकाको दिनानुदिन जटिल बन्दै गएको ट्राफिक व्यवस्थापनलाई दीर्घकालीन समाधान...
जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा फैसला कार्यान्वयनतर्फ विभिन्न मुद्दाका ९ जना फरार प्रतिवादी पक्राउ
2026-11-03 Comments Off on जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा फैसला कार्यान्वयनतर्फ विभिन्न मुद्दाका ९ जना फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा फैसला कार्यान्वयनतर्फ विभिन्न मुद्दाका ९ जना फरार प्रतिवादी पक्राउ भक्तपुर, १७ कात्तिक २०८३ जिल्ला प्रहरी परिसर...
नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाइयो: पेट्रोलमा २०, डिजेलमा ३० र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले घट्यो
2026-11-03 Comments Off on नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाइयो: पेट्रोलमा २०, डिजेलमा ३० र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले घट्यो
नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाइयो: पेट्रोलमा २०, डिजेलमा ३० र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले घट्यो काठमाडौँ —...
मध्यपुर थिमिमा सनसनी: ३३ लाख नगदसहित प्रमुख प्रशासकीय अधिकृत घिमिरे अख्तियारको फन्दामा
2026-11-03 Comments Off on मध्यपुर थिमिमा सनसनी: ३३ लाख नगदसहित प्रमुख प्रशासकीय अधिकृत घिमिरे अख्तियारको फन्दामा
मध्यपुर थिमिमा सनसनी: ३३ लाख नगदसहित प्रमुख प्रशासकीय अधिकृत घिमिरे अख्तियारको फन्दामा भक्तपुर, १६ कार्तिक — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...











