साहित्यकार शङ्कर शाहका तीन कृति लोकार्पित
काठमाडौँ ।
दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा राजधानीमा आयोजित एक समारोहमा साहित्यकार शङ्कर शाहका तीन कृतिहरूको लोकार्पण भयो ।
प्रतिष्ठानका अध्यक्ष साहित्यकार रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डा। मदनकुमार भट्टराई, नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मा, साहित्यकार भागीरथी श्रेष्ठ, नेपाली सेनाका पूर्व रथीहरू छत्रविक्रम शाह, सुशीलराज कार्की र सदीपबहादुर शाह, समालोचक प्रा। डा। भागवत ढकाल, कृतिकार शङ्कर शाहलगायतले ‘जेन लहर’, ’आइना जो देखाउँछ’ र ’दोबाटेको च्याखुरा’ नामक तीन कृतिको एकसाथ लोकार्पण गर्नुभयो ।
सो अवसरमा तीनै कृतिहरूको समीक्षा गर्दै समालोचक प्रा। डा। भागवत ढकालले शाहका कृतिहरू विविध विषयमा तयार गरिएका मौलिक कृतिहरू भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा डा। मदनकुमार भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सभापति रामप्रसाद पन्तले साहित्यकार शङ्कर शाहको कृतित्व र व्यक्तित्वको चर्चा गर्दै निकट भविष्यमा शाहका बारेमा लेखिएका लेखरचनाहरू समेटिएको अभिनन्दनग्रन्थ प्रकाशन गर्ने जानकारी गराउनुभयो । साथै प्रतिष्ठानलाई शाहबारेका लेखरचना पठाई सहयोग गर्नुहुन समेत आह्वान गर्नुभयो । कृतिकार शाहले कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गर्नुभयो । प्रतिष्ठानका महासचिव तथा साहित्यकार यादव भट्टराईले कार्यक्रमको सहजीकरण गर्दै अतिथिहरूलाई स्वागत गर्नुभएको थियो ।
बागबजारस्थित हार्दिक होटलमा सम्पन्न कार्यक्रममा प्रसिद्ध कलाकार शशीविक्रम शाहलगायत विशिष्ट साहित्यकारहरूको उपस्थिति रहेको थियो भने सो कार्यक्रममा लोकार्पित तीनैवटा कृतिहरू पूर्व रथी सदीपबहादुर शाहद्वारा प्रकाशन गरिएका हुन् ।
Featured Posts – Style 1
नगर प्रमुख प्रजापतिद्वारा बक्सिङ खेलाडीहरुलाई शुभकामना तथा मार्गनिर्देशन
2026-06-15 Comments Off on नगर प्रमुख प्रजापतिद्वारा बक्सिङ खेलाडीहरुलाई शुभकामना तथा मार्गनिर्देशन
नगर प्रमुख प्रजापतिद्वारा बक्सिङ खेलाडीहरुलाई शुभकामना तथा मार्गनिर्देशनभक्तपुर, १ असार । बागमती प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित हुने...
दुर्व्यवहार विरुद्धको सचेतनाको अभिवृद्धि :
2026-06-15 Comments Off on दुर्व्यवहार विरुद्धको सचेतनाको अभिवृद्धि :
दुर्व्यवहार विरुद्धको सचेतनाको अभिवृद्धि : ज्येष्ठ नागरिकका लागि खुशी र समृद्ध (विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्ध चेतना दिवस १५ जुन...
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत
2026-06-15 Comments Off on सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत काठमाडौ । फेसन, सिर्जनशीलता, कथावाचन (स्टोरीटेलिङ) तथा डिजिटल प्रभावका क्षेत्रका सर्वाेत्कृष्ट सर्जक तथा कन्टेन्ट क्रिएटरहरूलाई राजधानीमा...
पत्रकार महासंघ भक्तपुरको २४ औं साधारणसभा सम्पन्न
2026-06-13 Comments Off on पत्रकार महासंघ भक्तपुरको २४ औं साधारणसभा सम्पन्न
पत्रकार महासंघ भक्तपुरको २४ औं साधारणसभा सम्पन्नभक्तपुर, ३० जेठनेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २४औं वार्षिक साधारणसभा शनिवार भक्तपुर बैंक्वीटमा सम्पन्न...
वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकन
2026-06-12 Comments Off on वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकन
वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकनभक्तपुर, २९ जेठवागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले शुक्रबार...














