खोखो खेलको क्वाटर फाइनल सम्पन्न
भक्तपुर, पुस ७ गते
कलमविनायकमा जारी परम्परागत खो खो खेलको क्वाटर फाइनल आज सम्पन्न भएको छ । आज सम्पन्न ११ वटा खेलहरुमा आफ्ना प्रतिद्वन्दीहरुलाई हराउँदै छात्र तर्फ बागीश्वरी मावि, लिसा स्कुल, वाइजल्याण्ड स्कूल र विद्या आर्जन स्कूल सेमिफाइनलमा प्रवेश गरेको छ भने छात्रा तर्फ वाइज ल्याण्ड, ब्राइटस्टार, दत्तात्रय र तारा मावि सेमिफाइनलमा प्रवेश गरेको छ । पर्सि फाइनल गर्ने गरी भोलि सेमिफाइनलका प्रतियोगिता आयोजना हुने प्रशिक्षक चन्दन कोजूले बताए ।












