बहु अपाङ्गता बिशेष विद्यालयकाे २९ औं वार्षिकाेत्सवमा स्रष्टा प्रिता बल्ल सम्मानित ।
भक्तपुर,
बहु अपाङ्गता भएका बालबालिकाहरूलाई आवश्यक पर्ने विशेष व्यवस्था पूरा गर्नुपर्ने खाँचाेलाई महसुस गरी सि.बि.आर. भक्तपुरकाे पहलमा स्कूलका प्रधानाध्यापक विद्या राजभण्डारीकाे नेतृत्वमा बि.सं. २०५३ माघ २ गते स्थापना भएकाे बहु अपाङ्गता विशेष विद्यालयले २९ वर्ष पार गरी ३० वर्ष प्रवेश गरेकाे अवसरमा एक समाराेहका बीच सि.बि.आर. संस्थाकाे प्राङ्गणमा सम्मान सहितकाे कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । सि.बि.आर. संस्थाका संयाेजक सुरेश प्रधानकाे सभाध्यक्षतामा आयाेजित कार्यक्रममा सि.वि.आर. संस्थाकाे पुनर्स्थापन सेवामा सहभागी भई साेही संस्थामा प्रारम्भिक देखि प्राथमिकसम्म शिक्षा प्राप्त गरी ख्वप कलेजबाट मानविकि संकायकाे स्नातक तहसम्मकाे उच्च अध्ययन सकाई अविचलित पाईला नामक दैनन्दिनी -१ र एकालाप ऋतुहरू नामक कविता संग्रह -१ गरी २ वटा कृति समेत प्रकाशन गरेकी बहुअपाङ्गता भएका विद्यार्थी प्रिता बल्ललाई दाेसल्ला आेढाई सम्मानपत्रद्वारा सम्मान गरिएकाे हाे । उक्त समाराेहमा सम्बाेधन गर्नुहुँदै प्रमुख अतिथि साहित्यकार यमुना पराजुलीले “प्रतिभाशाली प्रिताले अझै हाैसला कायम राखी आफ्नाे कर्मक्षेत्रमा लागेमा दाेस्राे झमक कुमारी हुन सक्ने सम्भावना रहेकाे” बताउनुभयाे । त्यसैगरी अन्य अतिथिहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाेभा मुनंकर्मी, समानताका लागि आवाज संस्थाका अध्यक्ष सुरेश राजभण्डारी, लेखाजाेखा केन्द्रका प्रमुख शर्मिला बासी, भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनंकर्मी, विद्यालय व्यवस्थापन समिति सदस्यहरू (वडा नं २ जनप्रतिनिधि) न्हुछेराम काेजू र मन्जु लाखा, विद्यनलय व्यवस्थापन समिति सदस्य (नगर शिक्षा प्रतिनिधि) विश्वमाेहन जाेशी तथा सम्मानित व्यक्तित्वका अभिभावक पवन कुमार बल्ललगायतले शुभकामना मन्तव्य दिनुभएकाे थियाे । विद्यालयका प्रधानाध्यापक विद्या राजभण्डारीले कार्यक्रमलाई सहजिकरण र शिक्षक सविना राजभण्डारीले विद्यालयकाे ऐतिहासिक पृष्ठभूमि सहित कार्यक्रमकाे उद्धेश्यमाथि प्रकाश पार्नुहुँदै सबैलाई स्वागत गर्नुभएकाे थियाे । कार्यक्रममा विद्यालयका ६० जना बालबालिकाहरूलाई अतिथिहरू मार्फत् झाेला वितरण समेत गरिएकाे थियाे ।
Featured Posts – Style 1
वित्तिय साक्षारता कार्यक्रम सम्पन
2026-09-16 Comments Off on वित्तिय साक्षारता कार्यक्रम सम्पन
वित्तिय साक्षारता कार्यक्रम सम्पन भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा एनएमबी बैक सुर्यविनायक शाखासँगको सहकार्यमा लघु घरेलु तथा साना...
तार चोरी गर्ने तीन जना नियन्त्रणमा
2026-09-16 Comments Off on तार चोरी गर्ने तीन जना नियन्त्रणमा
तार चोरी गर्ने तीन जना नियन्त्रणमाभक्तपुर । चाँगुनारायण नगरपालिका–१, न्यौपाने गाउँस्थित म्क्ष्क्ज् ज्इःभ् ल्भत मा कार्यरत तीन जनालाई नेपाल टेलिकमको...
भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने
2026-09-16 Comments Off on भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने
भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुनेभक्तपुर भाद्र ३१ गते नेपाल लेखापढी व्यवसायी...
बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदै
2026-09-15 Comments Off on बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदै
बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदैललितपुर, २८ भदौ । आगामी संविधान दिवसको पावन अवसर पारेर...
प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै नीतिको माग
2026-09-15 Comments Off on प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै नीतिको माग
प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै...













