गुरु गणेश साकोसको साधारणसभा शुभारम्भ कार्यक्रम  सम्पन्न ।

गुरु गणेश साकोसको साधारणसभा शुभारम्भ कार्यक्रम  सम्पन्न ।
गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारणसभाको शुभारम्भ कार्यक्रम ९ नं. वडा सदस्य श्री ईन्द्र बहादुर प्याठले सुकुण्डामा दिप प्रज्वलित गरी उद्घाटन एक समारोहबीच आईतबार संस्थाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि श्री ईन्द्र बहादुर प्याठले सहकारीको आफ्नै भवनको आवश्यकतामा जोड दिदैं कोभिड–१९ बाट पूर्ण मुक्त हुन नसकेको अवस्थामा स्वास्थ्य मापदण्ड पुरा गरी सम्पन्न गर्न अनुरोध गर्दै बहुउद्धेश्यीय सहकारीहरु ब्यापारीक हिसाबले धेरै दर्ता हुदाँ त्यस्ता संस्थाहरु ओरेन्टल जस्तै होला की भनि चिन्ता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापतिले सहकारी अध्ययनका साथसाथै काम महत्वपूर्ण हुने बताउँदै यस संस्थामा रिक्षर र पाको उमेरहरु साथसाथै ब्यवस्थित र सुद्धृत संचालन हुनु भनेको काम गराई नै हो भन्नुभयो उहाँले सहकारीले स्वैच्छिक तथा खुल्ला, एक ब्यक्ति एक मत, प्रजातान्त्रिक ब्यवस्था, पारस्परिक सहयोग, कानूनी प्रक्रिया, कारोबार, बचतमा विविधकरण, शिक्षा, उत्तरदायित्व, नियन्त्रण, आदिबारे जानकारी दिदैं सुशासन र पारदर्शी महत्वपूर्ण रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष श्रीप्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखापढी सल्लाहकार न्हुछे भक्त कोजू, संक्षिप्त आर्थिक र प्रगती प्रतिवेदन कोषाध्यक्ष श्री तुल्सी केशरी छुंजु (प्रजापति)ले मन्तव्य राख्नु भएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष कृष्णराम कासिछ्वा र संचालक सचिव सत्यराम ज्ञामरुले गर्नु भएको थियो ।