भक्तपुर प्रहरीको पुस महिनाको प्रतिवेदन, १४६ मुद्दामा ८ वटा जघन्य र गम्भीर अपराध

भक्तपुर प्रहरीको पुस महिनाको प्रतिवेदन, १४६ मुद्दामा ८ वटा जघन्य र गम्भीर अपराध
भक्तपुर, माघ २ गते
जिल्ला प्रहरी कार्यालय भक्तपुरले पुस महिना भरीमा १ सय ४६ वटा मुद्दा दर्ता गर्दा ८ वटा जघन्य तथा गम्भीर अपराधका मुद्दा दर्ता भएको जनाएको छ । यसरी दर्ता भएका मुद्दाहरुमा ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, जबरजस्ती करणीका २।२ बेच बिखन उद्योग, डाँका चोरीका १।१ वटा परेको प्रहरीका सूचना अधिकारी प्रकाश जबेगुले जनाएका हुन् । यसरी दर्ता भएका मुद्दाहरुमा ९३ वटा मुद्दाहरु आर्थिक कसुर सम्बन्धि रहेको उहाँले जनाएका छन् । प्रहरीकोमा आएका आर्थिक अपराधका घटनाहरुमा बैंकिङ कसुर, चोरी, डाँका चोरी, ठगी , चोरीमा प्रयोग हुने औजार लिई हिड्ने र जुवा सम्बन्धि रहेको उहाँले बताए ।
यसै बीच प्रहरीले १ सय २९ जना प्रतिवादीलाई पक्राउ गरी ५५ लाख ९१ हजार १ सय जरिवाना र ४ वर्ष ४ दिनको कैद सजाय दिलाएको छ ।
लागु औषधका ५ वटा मुदामा ५ जना पक्राउ गरी खैरो हिरोइन १५ ग्रा।, ट्रामाडोल क्यापसुल थान – २३४ बरामद गरेको छ । पुस महिनामा भक्तपुर जिल्लामा भुण्डीएर ४ जनाले १ जनाले विष सेवन गरी ज्यान लिएका छन् भने आत्महत्या दुरुत्साहनमा १ मुद्दा परेको छ ।


सूचना अधिकारी जवेगुका अनुसार जिल्ला प्रहरीले अपराध न्यूनिकरणका लागि विभिन्न प्रयासहरु पनि हुदै आएको जनाएको छ । विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरी सिसी टिभि लगायतका प्रविधिहरु पनि जडान गरिएको भन्दै उहाँले विभिन्न सचेतनामूलक तालिम तथा परामर्शहरु पनि दिदै आएको उल्लेख गरेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक तर्फ ३९ वटा उजुरी परेकोमा २१ वटा मिलापत्र र ८ वटा काम बाँकी रहेको भन्दै उहाँले आज जारी गरेको प्रतिवेदनमा ५ जना हराएका महिलाहरुमा ४ जना, ५ पुरुष हराएकामा ५ चै जना र १३ जना बालिका हराएकाहरुमा ९ जना फेला परेको जनाएको छ ।
यसै बीच प्रहरीकोमा परेका विभिन्न २०५ उजुरीमा १ सय ९९ फछ्यौंट र ६ वाँकी रहेको, जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा आएका उजुरीहरुको ५२ मुद्दाहरु मध्ये ४५ वटा फछ्यौट र ७ वटा बाँकी रहेको जनाएको छ । यसै गरी शान्ति सुरक्षा तथा प्रहरी कार्यमा ७२० पिकेट, २७६ चेकिङ भएको र पुस महिनाभरी १८१ वटा दुर्घटनाहरुमा ३०४ वटा सवारी साधन संलग्न भएको र यसबाट ५ जनाको ज्यान जानुका साथै एक सय जना घाईते भएको तथा अन्य ९० जना उद्धार गरिएको बताएको छ । यसरी दुर्घटना भएकाहरु मध्ये मादक पदार्थ सेवनबाट ७, तिव्र गतिबाट १०, चालकको सडकमा ध्यान नदिएकाले एक सय वटा र लापर्वाहीका साथ सवारी चलाउँदा ६४ वटा दुर्घटनाका घटना भएको जनाएको छ । प्रहरीले गरेको ८३२ चेकिङकाक्रममा ८ लाख ७५ हजार पाँच सय राजश्व दाखिला गरेको छ ।
गत पुस महिनामा भएको विपद्हरुमा आगलागी परेको छ । ६ वट आगलागीका घटनामा ३ जना घाइते र ३ जनाको उद्धार गरेका छन् । सो घटनाबाट २१ लख २३ हजार ८०० क्षति पुगेको छ भने सो घटनामा ४० जना प्रहरी परिचालन गरेको सूचना अधिकारी जवेगुले जनाएको छ । नागरिकता, हतियार नवीकरण तथा अन्य कागजातका लागि १० वटा मुचुल्का गरेको भक्तपुर प्रहरीले समुदाय तथा विद्यालय केन्द्रित आकस्मिक नं.१००को प्रयोग, आगलागी, हात्महत्या, घरदैलो, घरेलु हिंसा, साइबर क्रराइम, हाम्रो प्रहरीसहित २३ वटा कार्यक्रम आयोजना गरेको जनाएको छ । साथै विद्यालय सचेतनामूलक २४ वटा कार्यक्रम आयोजना गरिएको भन्दै उहाँले सार्वजनिक तथा नागरिक सुनुवाई कार्यक्रमबाट जेन्जी आन्देलनमा लुटिएका हातहतियारको कारण अन्य नराम्रो घटना घट्ने सम्बन्धमा डरको विषय उठेको, टोल टोलमा चोरी तथा ठगी जस्ता अपराधिक क्रियाकलाप कारवाही निरन्तराता दिनुपर्ने कोठा भाडामा बस्ने मानिसहरुको अभिलेख राख्नुपर्ने, सिसी टिभी फुटेजमा देखिएका अपराध गर्ने व्यक्तिहरुको पक्राउमा निरन्तरता दिनुपर्ने रहेका उहाँले बताए ।
पुस महिनाभित्र ५ हजार २४२ सेवाग्राहीहरुलाई सेवा दिदा १००मा ५६६३ सहित ७५६०प्रहरी कार्यालयको हटलाईन वा सञ्चार शाखामा फोन आएको पनि उल्लेख गरेका छन् ।
प्रहरी कर्मचारीहरुको मनोबल वृद्धि गर्न विभागीय नीतिनिर्देशन, नयाँ अडर आदेशका पत्रहरु तथा ड्युटी सम्बन्धी सबै जानकारीकालागि ह्वाट्स एप गुरुप सञ्चलान गरेको, उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्र तथा पुरस्कृत गरिएको तथा मानसिक स्फूर्तता, सकारात्मक सोच तथा व्यवसायीक प्रेरणा अभिवृद्धि गर्ने उदेश्यले प्रेरणादायी तथा अनुशासन सम्बन्धी बिषयवस्तु समेटिएको चलचित्र प्रदर्शन, सामुहिक जन्मदिन मनाउने सहित कार्यरत प्रहरी कर्मचारीहरुलाई विभिन्न समयमा सामेली गरी गुनासो सुन्ने, गुनासो व्यवस्थापन गर्ने तथा आचरण व्यवहार सम्बन्धि ब्रिफिङ गर्ने र सुझावहरु लिई व्यवस्थापन गरिएको छ ।
साथै नव प्रर्वद्धनात्मक तथा रचनात्मक क्रियाकलापहरुमा समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै जनमैत्री प्रहरी सेवा प्रवाह हाम्रो प्रहरी कार्यक्रमको शुभारम्भ गरिएको, उत्प्रेरणा तथा तनाव ब्यवस्थापनकालागि कार्यरत प्रहरी कर्मचारीहरुलाई आलो पालो मिलाई चलचित्र हलमा चलचित्र देखाइएको तथा प्रहरी कर्मचारीहरुलाई आत्मरक्षा सम्बन्धी जुडो तालिम दिएको प्रतिवेदनमा उल्लेख छ ।