विद्यार्थीहरुलाई व्यापक रुपमा नागरिक भावना जगाइ देशभक्त बनाउनुपर्ने

विद्यार्थीहरुलाई व्यापक रुपमा नागरिक भावना जगाइ देशभक्त बनाउनुपर्ने
भक्तपुर, १५ पुस
नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुुक्छेंले प्रत्येक शैक्षिक संस्थाहरुले विद्यार्थीहरुलाई व्यापक रुपमा नागरिक भावना जगाइ देशभक्त बनाउनुपर्ने आवश्यकता औंल्याउनुुभएको छ ।
वागीश्वरी कलेज, वागीश्वरी मावि र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको मङ्गलवार महामञ्जुुश्रीस्थित कलमसीमा भएको वार्षिक भेटघाट कार्यक्रममा उहाँले सो आवश्यकता औंल्याउनुुभएको हो ।
उदारवादका नाममा पुँजीवादीहरुले आर्थिक र सांस्कृतिक रूपमा नवउपनिवेश लाडेर जनताहरुलाई दिग्भ्रमित पार्दै व्यक्तिवादी बनाउन थालेकाले नागरिक भावना जगाइ देशभक्त बनाउनुपर्ने तर्क उहाँको रहेको छ ।
शिक्षा क्षेत्रलाई खतम पारेपछि मात्र साम्राज्यवादीहरुले आफ्नो स्वार्थ पूरा गर्न सक्ने भएकाले पाठ्यक्रम र पाठ्यपुस्तकका अलावा विद्यार्थीहरुलाई नागरिक शिक्षा दिनुुपर्ने उहाँले स्पष्ट पार्नुभयो । सबैलाई ठिक भएपछि आफूलाई पनि ठिक हुने ज्ञान अहिले आवश्यक हुँदै गएको उहाँको धारणा रहेको छ ।
पुँजीवादी शक्तिहरु विभिन्न शैलीमा अगाडि बढिरहेको बताउनुुहुँदै उहाँले आर्थिक रुपमा स्वतन्त्र नभएसम्म देश स्वतन्त्र नहुुने उहाँले स्पष्ट पार्नुभयो ।


शिक्षा क्षेत्रलाई साम्राज्यवादीहरुको नीतिअनुसार नेपालले अनिवार्य र निःशुल्क शिक्षा नीति नलिएकै कारण अहिले शिक्षा महँगो हुुन गएको उहाँले बताउनुुभयो । यही कारण विद्यार्थीहरु कामदारका रुपमा बाहिर मुलुकमा जान बाध्य भएको र साम्राज्यवादीहरुले सस्तो कामदार पाइरहेको टिप्पणी उहाँको रहेको छ ।
अमेरिकी डलरको विकल्पमा चीन रुस भारतसहितका देश लागिपरेकाले अहिले अमेरिकालाई अप्ठ्यारो हुन थालेको र अमेरिकाले चीनलाई साम्राज्यवादी मुलुक हो भनेर अफ्रिका, दक्षिण अमेरिकालगायतका मुलुकलाई दिग्भ्रमित पार्न खोज्दा पनि सफल हुन नसकेको जानकारी उहाँले दिनुुभयो ।
वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन हरतरिकाले प्रयास भइरहेको र गुुणस्तरलाई ध्यान दिइरहेको बताउनुुभयो ।
भक्तपुरमा शिक्षा सम्बन्धि राष्ट्रिय सम्मेलनका साथसाथै अन्तर्राष्ट्रिय सम्मेलन पनि गर्न थालेको बताउनुुहँदै भक्तपुरकै विषय अध्ययन अध्यापनको विषय बनाएर लानुपर्ने धारणा राख्नुुभयो ।
सबैको साथ र सहयोगकै कारण वागीश्वरी कलेजले जिल्लामा नै पहिलो पटक सामुदायिक कलेजतर्फ क्यूूएए प्राप्त गर्न सफल भएको चर्चा गर्नुहुँदै उहाँले आवश्यकताअनुसार भौतिक पूर्वाधार थपिने क्रम जारी रहेको र अहिले पनि अपुुग भइरहेको जानकारी दिनुुभयो ।
त्रिविको लापर्वाहीका कारणले पनि विद्यार्थीहरुमा निराश भएर मुलुक छोड्ने गरेका कारण ख्वप विश्वविद्यालयको माग गरेकोमा मन्त्रीपरिषदमा पुुगेपछि कानुुन र संविधानको अभाव देखाउँदै सरकारले बाधा हालेको उहाँले स्पष्ट पार्नुभयो ।
सरकारले रोकेपनि विश्वविद्यालयस्तरको शिक्षा दिन लागिपरेको बताउनुहुँदै उहाँले ख्वप विश्वविद्यालयमा आवद्ध हुन सक्ने शैक्षिक संस्थाहरुसँग विद्यार्थी र जनशक्तिका हिसावले २४ वटा विश्वविद्यालयस्तरका निकायहरुमा चौंथो स्थानमा रहेको जानकारी दिनुुभयो ।
बागमति प्रदेशका सांसद सुुरेन्द्रराज गोसाइँले ३५ वर्षमा सरकारमा गएका दलहरुले नवउदारवादका नाममा राम्रो बनाउने भन्दै ध्वस्त पारेका कारण नयाँ पुस्ता विद्रोहमा आएको धारणा राख्नुुभयो । नयाँ पुुस्ताको आन्दोलनलाई अमेरिकी साम्राज्यवादको साथ र प्रशिक्षण रहेको घट्नाक्रमले पुष्टि गर्दै लगेको उहाँले स्पष्ट पार्नुुभयो । आन्दोलनमा पानी मात्र खुवाउन गएको मान्छे अहिले दलहरु एकीकरण गराउँदै हिंडेको र उनी कहाँबाट परिचालित भन्ने कुरा सार्वजनिक हुन थालेको पनि उहाँले बताउनुुभयो ।
अमेरिकी सरकारलाई रिझाउन र खुशी पार्नका लागि एमसीसी र इन्डोप्यासिफिक रणनीतिलाई सरकारमा गएका दलहरुले निम्त्याएकै कारण अहिले समीकरण बनिरहेको र सरकार फेरबदलमा चलखेल गर्न अमेरिकालाई सहज भएको उहाँको टिप्पणी रहेको छ ।
सरकारमा जाने ठूला दलहरुले ठेकेदार र म्यानपावर कम्पनीका सञ्चालकहरुलाई सांसद र नेता बनाएकै कारण राजनीतिमा फोहोर पसेको र उनीहरुलाई एमाले कांग्रेस र माओवादीले गंगाजल छर्केर चोख्याउन खोज्दा देश नै खतरामा पुुगेको पनि उहाँले बताउनुुभयो ।
अहिले समाजमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै आएको र राजनीति भनेको फोहोरी खेल भन्नेहरु नै मन्त्री प्रधानमन्त्री बन्छु भनेर आउन थालेकोमा उहाँले आश्चर्य व्यक्त गर्नुुभयो ।
बागमती प्रदेशकै सांसद सृजना सैंजूले वागीश्वरीको भूमिका र योगदान अतुुलनीय भएको बताउँदै शिक्षा क्षेत्रको ज्वलन्त उदाहरणको रुपमा वागीश्वरी आइरहेको धारणा राख्नुुभयो ।
अहिले विश्वविद्यालयले विश्वविद्यालयको जस्तो काम नगरेको र विदेशी सम्बन्धन प्राप्त कलेजहरुको लुुटतन्त्र छरपस्ट हुन थालेको दृष्टान्त सांसद सैंजूूले पेश गर्नुुभयो ।
पश्चिमा सामाजिक सञ्जालले दिग्भ्रमित बनाउने भएकाले विद्यालय कलेजले वास्तविक ज्ञान प्रदान गर्न पाठ्यपुुस्तक बाहेकका शिक्षाहरु पनि दिनुपर्ने धारणा उहाँले राख्नुुभयो ।
अमेरिकी साम्राज्यवादले ५० भन्दा वढी मुलुकमा सत्ता उथलपुुथलको प्रयास गरेकोमा ९० प्रतिशत सफल भएको र बंगलादेश श्रीलंका पछि नेपालमा पनि अमेरिकी रणनीतिले खेलेको बताउनुुभयो । अमेरिकालाई इराक र अफगानिस्तानको सत्ता उथलपुुथल महँगो भएका कारण अहिले नयाँ शैलीमा प्रस्तुुत भएको र चीन घेर्ने नीतिअनुसार नेपालमा आन्दोलन गराएको आरोप उहाँले लगाउनुुभयो ।
वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले वागीश्वरीमा सिटीइभिटीका कक्षाहरु, प्राविधिक कक्षा, खुल्ला विद्यालय र अन्य तालिमहरु पनि सञ्चालन भइरहेको जानकारी दिनुुभयो । वागीश्वरीले शैक्षिक गन्तव्य बनाउन प्रयास गरिरहेको बताउनुुहुँदै अन्य सफल विद्यालयहरुको सफलतालाई अंगिकार गर्दै विद्यालयलाई थप उचाइमा पुु¥याउने बताउनुुभयो ।
वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरीले पूर्वाधार थप गर्ने क्रममा भवन खरिद र जग्गा खरिदका कार्य भइरहेको जानकारी दिनुहुँदै नमुना शिशुस्याहार केन्द्र बनाउने गरी कार्य भइरहेको बताउनुुभयो ।
वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम मानविकी संकाय प्रमुख राजन फेलुुले गर्नुभएको थियो ।