भक्तपुर बचतको स्थापना दिवसको अवसरमा भिडियोग्राफी तालिम
भक्तपुर, १९ कार्तिक
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं स्थापना दिवसको अवसरमा सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा बुधबारदेखि १२ दिने भिडियोग्राफी तालिम सुरु भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले ४० जना संस्थापकबाट कार्तिक १९ गते विधिवत रुपमा दर्ता भई सुरु भएको भक्तपुर बचत आफ्नो स्थापना दिवसको अवसरमा विगतमा पौष्टिक आहार वितरण, खेलकूद, स्वास्थ्य शिवीर, सरसफाइ कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु गरी मनाएको बताउनुभयो ।
उहाँले संस्थाको सुरुवातीमा व्यक्तिगत आर्थिक समस्या तार्न अघि बढेपनि पछिल्लो समयमा संस्थाको आर्थिक वृद्धिसँगै सदस्यहरुलाई विविध क्षेत्रमा लगानी गर्न सफल भएको स्पष्ट पार्नुभयो । अहिले आर्थिकसँगै राजनैतिक, सामाजिक, स्वास्थ्य, खेलकूद, सांस्कृतिक क्षेत्रमा संस्थाले योगदान गर्दै आएको बताउँदै उहाँले सदस्य र समुदायमा रहेका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउन तालिमले सहयोग पुगेको औंल्याउनुभयो । तालिमपश्चात आपूmले लिएको तालिमलाई प्राथमिक वा मुख्य पेशाको रुपमा अँगाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आपूmले सिकेको सिप र कला अरुलाई हस्तान्तरण गर्दैजानुपर्नेमा जोड दिँदै उहाँले पढाइलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका संयोजक कृष्णश्वरी दुवालले तालिमपश्चात जीवनलाई व्यक्तित्व विकासमा लगाउनुपर्ने बताउनुभयो । साथै उहाँले संस्थाको स्थापना दिवसको अवसरमा संस्थाकै प्राङ्गणमा यहि कार्तिक २२ गते शनिवार छुट्टै कार्यक्रमको आयोजना हुने जनाएको छ ।
आयोजक समितिका सदस्य सविना प्रजापतिले पनि बोल्नुभएको उक्त कार्यक्रममा प्रशिक्षक शरद राईले तालिमको महत्वबारे स्पष्ट पार्दै सैद्धान्तिक र प्रयोगात्मक रुपमा अघि बढाउने बताउनुभयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
अवैध माटो उत्खनन गर्ने जेसीबी नियन्त्रणमा, एक लाख रुपैयाँ जरिवाना
2026-10-28 Comments Off on अवैध माटो उत्खनन गर्ने जेसीबी नियन्त्रणमा, एक लाख रुपैयाँ जरिवाना
अवैध माटो उत्खनन गर्ने जेसीबी नियन्त्रणमा, एक लाख रुपैयाँ जरिवानाभक्तपुर, असोज ११। भक्तपुरको चाँगुनारायण नगरपालिकामा स्वीकृत अनुमति र तोकिएको मापदण्डविपरीत...
बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ
2026-10-28 Comments Off on बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ
बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउभक्तपुर, असोज ११। बाल यौन दुरुपयोग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक...
नख्खु कारागारबाट भागैका दुई जना फरार कैदी भक्तपुरको बालकोटबाट पक्राउ
2026-10-28 Comments Off on नख्खु कारागारबाट भागैका दुई जना फरार कैदी भक्तपुरको बालकोटबाट पक्राउ
नख्खु कारागारबाट भागैका दुई जना फरार कैदी भक्तपुरको बालकोटबाट पक्राउ भक्तपुर, ११ कात्तिक । वि.सं. २०८२ भदौ २४ गते 'Gen-Z'...
मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
2026-10-27 Comments Off on मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक काठमाडौं १०, असोज । नेपाली माटोको सुवास, गाउँघरको आत्मीयता र मौलिक संस्कृतिको रङ...
भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न
2026-10-27 Comments Off on भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न
भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न भक्तपुर, कार्तिक ७। विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको उपलक्ष्यमा आयोजित...













