भक्तपुर बचतको स्थापना दिवसको अवसरमा भिडियोग्राफी तालिम
भक्तपुर, १९ कार्तिक
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं स्थापना दिवसको अवसरमा सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा बुधबारदेखि १२ दिने भिडियोग्राफी तालिम सुरु भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले ४० जना संस्थापकबाट कार्तिक १९ गते विधिवत रुपमा दर्ता भई सुरु भएको भक्तपुर बचत आफ्नो स्थापना दिवसको अवसरमा विगतमा पौष्टिक आहार वितरण, खेलकूद, स्वास्थ्य शिवीर, सरसफाइ कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु गरी मनाएको बताउनुभयो ।
उहाँले संस्थाको सुरुवातीमा व्यक्तिगत आर्थिक समस्या तार्न अघि बढेपनि पछिल्लो समयमा संस्थाको आर्थिक वृद्धिसँगै सदस्यहरुलाई विविध क्षेत्रमा लगानी गर्न सफल भएको स्पष्ट पार्नुभयो । अहिले आर्थिकसँगै राजनैतिक, सामाजिक, स्वास्थ्य, खेलकूद, सांस्कृतिक क्षेत्रमा संस्थाले योगदान गर्दै आएको बताउँदै उहाँले सदस्य र समुदायमा रहेका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउन तालिमले सहयोग पुगेको औंल्याउनुभयो । तालिमपश्चात आपूmले लिएको तालिमलाई प्राथमिक वा मुख्य पेशाको रुपमा अँगाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आपूmले सिकेको सिप र कला अरुलाई हस्तान्तरण गर्दैजानुपर्नेमा जोड दिँदै उहाँले पढाइलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका संयोजक कृष्णश्वरी दुवालले तालिमपश्चात जीवनलाई व्यक्तित्व विकासमा लगाउनुपर्ने बताउनुभयो । साथै उहाँले संस्थाको स्थापना दिवसको अवसरमा संस्थाकै प्राङ्गणमा यहि कार्तिक २२ गते शनिवार छुट्टै कार्यक्रमको आयोजना हुने जनाएको छ ।
आयोजक समितिका सदस्य सविना प्रजापतिले पनि बोल्नुभएको उक्त कार्यक्रममा प्रशिक्षक शरद राईले तालिमको महत्वबारे स्पष्ट पार्दै सैद्धान्तिक र प्रयोगात्मक रुपमा अघि बढाउने बताउनुभयो ।
Featured Posts – Style 1
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...











