नेवार समुदाय आज सकिमा पुन्ही पर्व मनाउँदै
भक्तपुर, कार्तिका १९ गते
नेवाः समुदायले आज सकिमा पुन्ही पर्व मनाएका छन् । आजको दिनमा नेवार समुदायले सकि अर्थात पिडालु उसिनेर खाने पर्वको रुपमा परापूर्वकाल देखि यो पर्व मनाउने चलन रही आएको हो । कृषि उपज अन्नहरु विशेष गरी भुटेको मकै,भट्मास, गहुका परिकार बनाएर अन्न प्रदर्शनी गर्ने पर्वको रुपमा पनि यस पर्वलाई मनाउने सकिमाना पर्वको विशेषता रहेको छ । यातु महादेव संरक्षण समितिका रामगोपाल रञ्जितका अनुसार आजको दिनमा किशोर, किशोरीहरु आफ्नो भविष्य राम्रो बनाउन आज ब्रत बस्ने चलन रहे पनि अचेल यो चलन हराउन थालको बताउँछन् । जाडो याम सुरु हुुनु पूर्व पीडालु र सखरखण्ड उसिनेर खानु स्वस्थबद्र्धक रहेको चर्चा गर्दै उहाँले परापूर्व काल देखि यो पर्व मनाउने चलन रहेको उहाँ बताउँछन् । समितिका अध्यक्ष शिबलाल बालाले कृषि उत्पादन भएको बेला हलिमली प्रदर्शनीमा धेरै अन्नहरु दान गर्ने चलन रहेको उल्लेख गर्दै भक्तजनहरुले दान गरेका अन्नहरुलाई समुदायलाई प्रसादको रुपमा बाडि दिने चलन रहेको बताए । यो प्रसादलाई माग महिनाको स्वस्थानी ब्रत कथा वाचन गर्नकालागि पनि प्रसाद वचत गरि राख्ने चलन रहेको उहाँले बताए । बढ्दो जनघनत्व र कृषि उत्पादनमा ह्रास आएसँगै सकिमा पुन्हिको दिनमा दान गर्ने चलन घट्कोमा चिन्ता व्यक्त गर्दै यस्तो पर्वका बारेमा नयाँ पुस्तालाई जानकारी र प्रशिक्षण दिनुपर्नेमा जोड दिएका छन् भने सकिमा पुन्हीको अवसरमा सदा झै यातु महादेव परिसरमा भजन गाउँन आउनु भएका ज्ञानकुमार मगजुले भजन गाउने सिपको कमिले गर्दा भजन गाउँने संख्या घटेको चर्चा गर्दै उहाँले भजन गाएर मनोरञ्जनका साथै धार्मिका कार्य पनि हुने बताए । अचेल बुढापाका मात्रै भजन गाउँने र नयाँ पुस्ता कामको सिलसिलमा वाहिर जाने तथा विदेश जाने परम्परा बढेकाले पनि सकिमा पुन्ही जस्तो पर्वमा दाताहरुको कमि महसुस भएको उहाँले पनि औल्याए । योसँगै कृषि उत्पादन भन्दा किनेर खोन परम्परा बस्दा स्थानीय रैथाने उत्पादनमा कमि हुनथालेकोमा पनि उहाँले चिन्ता व्यक्त गरेका छन् ।
सकिमा पुन्हीको अवसरमा उसिनेको पिडालु, भुटेको मकै भट्मास, गहु, पुरी, मरिप्वा सहितका परिकारहरुबाट आज भक्तपुरका टोल टोलमा स्थानीय मन्दिर, देवदेवीका प्रतिकहरु बनाएर सकिमा पुन्ही मनाउने चलन रहेको स्थानीय चन्दबहादुर बासीले बताए । यसलाई नसा ब्वज्या अर्थात हलि मलि भन्ने गरेको उहाँले बताए । कृषकहरुले आआफ्नो उत्पादनलाई आज हलिमलि बनाउन र प्रसाद वितरणकालागि आआफ्नो घर घरमा मकै भट्मास, भुटेको गुह (छुस्या) मारिप्वा, स्वारी आदि दान गर्न आउने चलन परापूर्वकाल देखि चल्दै आएको उहाँले बताए । भजन किर्तनसँगै हुने हलिमलि प्रदर्शनी सम्पन्न भएपछि ति सबै प्रसादहरु स्थानीय समुदायलाई बाढेर दिने चलन रहेको छ ।
Featured Posts – Style 1
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
2026-07-22 Comments Off on राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोडकाठमाडौं ।नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन, कर्णाली प्रदेशको खाद्य सुरक्षा अवस्था...
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...














