खानेपानी समस्या: महादेव पोखरीको निरिक्षण

खानेपानी समस्या: महादेव पोखरीको निरिक्षण

भक्तपुर, जेष्ठ २३ गते
भक्तपुरमा खानेपानी समस्या चुलिएपछि महादेव पोखरीको निरिक्षण गरिएको छ । परम्परा देखि भक्तपुरका जनताले उपभोग गर्दै आएको महादेव खोलामा अचेल पानीको मुहान कम भएको मात्र होइन उपभोक्ताको संख्या बढेकाले पनि महिनाको एक दिन पनि खानेपानी जोह गर्न नसकेपछि उपभोक्ताहरु निकै मारमा परेको गुनासाहरु आइरहेको छ । यसै गुनासाहरुको बीचमा भक्रपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिझाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति सहितको टोलिले महादेव पोखरी एवं खोलाको मुहान र बासबारी खानेपानी ट्यांकीको आज स्थलगत निरिक्षण गरिएको थियो ।


पटक पटक सरकारले बजेट सहित महादेव खोलामा द्याम बनाएर खानेपानीको जोह गर्ने योजना सार्वजनिक गरिए पनि कार्यान्वयन नहुदा अहिलेसम्म भक्तपुरका जनताले खानेपानीमा गुनासो गर्दै आउनुपरेको छ।
२०५० साल अघिसम्म घरको छटसम्म निर्धक पानी आउने महादेव खोलाको पानीको स्रोत समेत नगरकोटका विभिन्न होटलहरुले उपयोग गरेको मात्र नभइ स्थानीय कृषकहरुले खेतवारीमा प्रयोग गर्ने गरेकाले पनि मुहानको पानी सांघुरिएको केयुकेलको भनाई छ । सुखायाम बढेसंगै खानेपानीको समस्या पनि बढ्नेक्रममा जिल्ला प्रशासन र जनप्रतिनिधीहरुले महोदव खोला,मूहान र पोखरीको निरिक्षण गरिएका छ । चुहावत रोकेर, वर्षाको पानी जम्मा गरेर महादेव खोलाको पानीलाई वितरण गर्ने व्यवस्था गर्न सके भक्तपुरका जनताले सहज रुपमा पानीको उपायोग गर्न सकिने भरपार्दो प्राकृतिक श्रोतको रुपमा महादेव खोला रहेको धेरैको विश्लेषण छ । यद्यपी अहिलेसम्मका सरकारले यस विषयमा गहनताका साथ योजना बनाई कार्यान्वयन गर्न सकेको छैन । जसको कारण जार र ट्यांकरबाट पानी किनेर उपयोग गर्नुपरेको छ ।