डोजरको साँचो खोसिएपछि निल बाराही संरक्षण अभियान्ताहरु धर्नामा

डोजरको साँचो खोसिएपछि निल बाराही संरक्षण अभियान्ताहरु धर्नामा
यदि भगवान छन् भने निल बाराही संरक्षण अयिभान बिथोल्नहरुलाई सजाय दियोस, सचिव बैद्य

भक्तपुर, भाद्र २ गते
निल बाराही मन्दिर संरक्षण अभियानको सय दिनमा प्रहरी हस्तक्षेप भएको अभियान्ताहरुले जनाएका छन् । मन्दिर संरक्षणमा ५० औं हजारले गरेको श्रमदानको अपमान हुने गरी आज नेपाल प्रहरी र नगर प्रहरी समेतले हस्तक्षेप गर्दै माटो ओर्सान प्रयोग भएको डोजरको साँचो खोसेकोमा अभियान्ताहरुले विरोध जनाएका हुन् । आज साँझ ४ः३० बजेतिर चाँगुनारायण नगरपालिका १ दुवाकोटबाट मन्दिरको पहिरो रोकथामकालागि माटो ओर्सान प्रयोग गरिरहेको डोजरको साँचो खोसियो, सरोकार समितिका सचिव अनिश बैद्यले बताए । किन साँचो खोसियो, थाहा भएन उनले भने प्रहरीसँग बुझ्दा स्थानीय जनप्रतिनिधीको मौखिक आदेशमा श्रमदान अभियानको अपमान हुने गरी डोजरको साँचो खोसियो, यसको घोर आपति जनाउँदै अहिले हामी सय डेर सय अभियान्ताहरु प्रहरी चौकी दुवाकोटमा धर्ना दिइरहेका छौं, सचिव बैद्यले बताए ।


कसैसँग सम्वाद भइरहेको छैन् । हामी धर्नामा छौं । सम्पदा संरक्षण अभियानमा जो जस्ले बिथोल्ने मनसायले चाबि खोसिएको पायौं, यो श्रमदाताहरुप्रति अपमान हो उहाँले बताए । सम्पदा संरक्षण गर्न खोज्नेहरुलाई सहयोग गर्नुपर्नेमा उल्टै दुःख दिनु जायज नभएको भन्दै उहाँले यसको विरुध अभियान्ताहरु आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । प्रहरीलाई उद्रित गर्दै अभियान्ता बैद्यले भने यो सबै चानपा १का वडाध्यक्षको मौखिक आदेशमा भएको बुझिएको छ । तर वडाध्यक्ष सृजन कार्कीले भने सम्पदा संरक्षणमा मेरो विरोध भएको भए मैले किन माटो ओर्सान पहिला सहयोग गर्थे र । पहिला धेरै माटो दिएर सहयोग गरे, अहिले मेरो मातहतको कुरा भएन उन जनसञ्चार खवरलाई बताए । सो विषयमा भक्तपुरका प्रहरी उपरिक्षक बेडप्रसाद विष्टसँग बुझ्दा यो विषयमा प्रहरीसँग भन्दा स्थानीय जनप्रतिनिधीसँग बुझ्न आग्रह गर्नु भयो ।
अहिले अभियान्ताहरु प्रहरी चौकीमा धर्नामा छन् । अयिभान्ताहरुको कुराको सुनुवाई भएन भने आन्दोलनको घोषणको तयारीमा छौं, निल बाराही मन्दिर संरक्षण समतिका सचिव अनिश बैद्यले जनसञ्चार खवरलाई फोन सम्बादमा बताए । उनले भने मन्दिर संरक्षणकालागि खेतमा थुपारी राखेको माटो ओर्सान खेतधनीको अनुमतिमा माटो ओसारेको हौं, कुनै पहाड पन्छाएर लिएको पनि होइनौं, यस्तो पवित्र कार्यमा किन प्रहरी हस्तक्षेप भयो । यो हाम्रो पवित्र श्रमदान अभियानलाई बिथोल्ने कार्य हो । यदि भगवना छ भने हाम्रो पवित्र अभियान बिथोल्नहरुलाई श्राप लाग्नेछ सचिव बैद्यले आक्रोस पोखे । श्रमदानको सय दिनसम्म मन्दिर संरक्षणकोक्रममा राखेको माटो पानीले बगाएको ठाउँको व्यवस्थापन गर्न तथा थप पहिरोको जोखिम व्यवस्थापन गर्न खेतमा ठुपारिएको माटो ओसार्दा झूठो आरोप समेत लगाएर डोजर नियन्त्रणमा लिनु गलत कार्य भएकोप्रति उहाँँले आपति जनाए ।