नेपालमा थप १ हजार २ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि, १४ संक्रमितको मृत्यु , थप एक हजार ८४५ जना कोरोनामुक्त ।

नेपालमा थप १ हजार २ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि, १४ संक्रमितको मृत्यु , थप एक हजार ८४५ जना कोरोनामुक्त ।
बितेको २४ घन्टामा नेपालमा थप १ हजार २ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ८ सय ९८ पीसीआर र ३ हजार ४६ नमूना परीक्षण गर्दा १ हजार २ सय ७१ ज्नामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २८ हजार ६ सय ७८ रहेको छ भने बितेको २४ घण्टामा १४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । हालसम्म दश हजार ८९३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.७८ प्रतिशत छ । मन्त्रालयले गएको चौबीस घण्टामा एक हजार ८४५ जना कोरोनामुक्त भएको जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार ९२ हजार १६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।