भोली शनिबार भक्तपुर बारको निर्वाचन, त्रिपक्षीय प्रतिस्पर्धा हुने

भोली शनिबार भक्तपुर बारको निर्वाचन, त्रिपक्षीय प्रतिस्पर्धा हुने
भक्तपुर, श्रावण ९ गते
भक्तपुर बार एशोसियशनको निर्वाचनको अन्तिम तयारी पूरा गरेको छ । भक्तपुर जिल्ला अदालत परिसरमा भोली विहान ८ बजे देखि २ बजेसम्म मतदान गर्ने गरी निर्वाचन समितिले निर्वाचनको अन्तिम तयारी पूरा गरेको मूख्य निर्वाचन अधिकृत किरण न्यौपानेले जनाएको छ । नेपाल बार एशोसियशन भक्तपुरमा सदस्य रहेका २ सय ९२ जनाको मतदानबाट नयाँ कार्य समिति चयनकालागि निर्वाचन हुन गइरहेको भन्दै उहाँले निर्वाचनमा ३ पक्ष बीच स्वच्छ प्रतिस्पर्धा हुने बताएको छ । कानून अध्ययन समाजको तर्फबाट अध्यक्ष उम्मेदबारका प्रत्यासी गम्भिरमान ज्याख्वले भने कानुन व्यवसायीलाई बारको सदस्यता वितरणमा सिण्डिकेट लगाएको चर्चा गर्दै उम्मेदवारी दर्तामा समेत चर्को शुल्क राखेर बार एशोसियशनको निर्वाचनलाई एकपक्षिय बनाउन खोजेको प्रति आपति र विरोध जनाएका छन् ।
निर्वाचन अधिृकत गोविन्द चौलागाईका अनुसार भने क्रियाशिल कानून व्यवसायीहरुले सदस्यताकालागि बारमा आवेदन गर्न सकिने उल्लेख गर्दै बार एशोसियशनको प्रत्येक वर्ष २।२ वर्षमा निर्वाचन हुँदैआएको बताएका छन् । बार र अदालतको बेन्ज बीच नङ्ग र मासु जस्तै सम्बन्ध रहेको चर्चा गर्दै उहाँले न्यायक्षेत्रमा रहेका विक्रृति र विसंगति विरुद्ध बारको निर्वाचन हुन गाई रहेको बताए । अर्का निर्वाचन अधिकृत नविन कार्कीले भने बारको निर्वाचनबाट जितेका प्रतिनिधीले न्याय सम्पदानमा देखिएको समस्या र गुनासोहरुको पैरबी तथा नीति निर्माणमा समेत योगदान गर्न सकिने भएकाले कनून व्यवसायीहरुकालागि यो निर्वाचन महत्वपूर्ण रहेको बताएका छन् ।
कानून व्यवसायीहरुको पेशागत हकहित र न्यायसम्पादनमा सहजिकरणकालगि बार एशोसियशनको निर्वाचनको महत्व रहेको सरोकारवालाहरुको धारणा छ ।

यस वर्षको निर्वाचनमा त्रिपक्षिय प्रतिस्पधा हुने भएको छ। नेपाली कांग्रेस निकटको एउटा सिंगो प्यानल र विद्रोही कांग्रेसकै नेतृत्वमा नेकपा एमाले, नेकपा माओवादीलगायतका प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक गठबन्धनको संयुक्त प्यानलवीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
नेपाल मजदुर किसान पार्टी निकटको कानून अध्ययन समाजकोतर्फबाट भने अध्यक्षमा गम्भीरमान ज्याख्वको नेतृत्वमा अर्को प्यानल पनि चुनावी मैदानमा छ ।