जेस् संस्कृति सम्पदा सिरपा राजेश गाईजूलाई प्रदान गरिने घोषणा
भक्तपुर, पुस ०९ गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छको प्रमुख आतिथ्यतामा जेन्यूइन स्कूलको ३० औं वार्षिकोत्सव समारोहको उपलक्ष्यमा विभिन्न सामाजिक कार्यमा योगदान दिनु हुने व्यक्तित्वहरुलाई सम्मान, विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सहयोगीहरुलाई धन्यवाद ज्ञानप सहितको समापन समारोह आयोजना गर्ने भएको छ । स्कूलमा आज आयोजित पत्रकार सम्मेलनमा ३० औं वार्षिकोत्सव समारोहका संयोजक योगेन्द्रमान विजुक्छेले स्कूलको संचालक समितिको बैठकले राजेश गाईजूलाई जेस् शिरपा २०८२ बाट सम्मानित गर्ने निर्णय भएको बताएका छन् । ८० वर्ष उमेरका व्यक्तित्वलाई सम्मान गर्नु भन्दा नयाँ पुस्तालाई सम्मान गरेर थप तथा उत्कृष्ठ योगदान पुर्याउन प्रत्साहन दिने हिसावले आवेदन परेका मध्येबाट गाईजू पुरस्कृत भएको उहाँले बताउनु भयो ।
जेस संस्कृति सम्पदा सिरपाकालागि परेका आवेदनहरुमा पद्मा खयरगोली, मुक्ति सुन्दर जधारी, राजेश गाईजू, सृजना प्रजापति र संगिता पंचको आवेदन परेको थियो । सो मध्ये गाईजु कम उमेरका मात्र नभई विभिन्न सांस्कृतिक तथा सामाजिक अभियानमा समेत क्रियाशिल रहेकाले आवेदन परेकाहरुको शोधपत्र,खोजमूलक विषयहरु तथा प्रकाशित भएका आलेखहरु, छापिएका कृतीहरु संस्कृति संरक्षणकालागि गरेको कार्य सम्बन्धि कागजातहरुको समेत अध्ययन गरी गाईजूलाई पुरस्कृत गर्ने घोषणा भएको बताएका छन् । सो अवसरमा ईतिहासका एवं प्रा.डा. पुरुषोतमलोचन श्रेष्ठले भक्तपुर कला संस्कृतिको अठ्ठा सम्पदाले भरिपूर्ण क्षेत्र रहेको भन्दै यसको अध्ययन, अन्वयशन तथा संरक्षणमा नयाँ पुस्तालाई प्रेरित र जिम्मेवारीता बहन गराउन पनि यस्तो पुरस्कार महत्वपूर्ण हुने बताउनु भयो । सो कार्यक्रम आगामी शुक्रबार स्कूल प्रांगणमा आयोजना हुने उहाँले बताउनु भयो । भक्तपुर नगरका नयाँ पुस्तालाई हरेक वर्ष यो पुरस्कार वितरण गर्ने स्कूलले जनाएको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














