भानु जयन्तीकाे पूर्वसन्ध्यामा ४४ जना स्रष्टाहरूले गरे शव्दराेपाईं
उपत्यकामा २१२ अाैं भानु जयन्तीकाे चापाचाप माहाैल । मानाे राेपी मुरी फलाउने महिना असारकाे राेपाईं भर्खर भर्खर सकिएकाे अवस्थामा भक्तपुरकाे एभरेष्ट इङ्गलिश स्कूलका शिक्षक शिक्षिकाहरू सफल व्यवस्थापनकाे लागि दाैडधुप भईरहेकाे अवस्था । सभाकक्षमा वरिष्ठ देखि कनिष्ठसम्मका स्रष्टा, सर्जकहरूकाे खचाखच जमघट । एभरेष्ट स्कूलका हाेनहार शिक्षक, विद्यार्थीहरू पनि शव्द राेपाईं गर्न तम्तयार भइरहेकाे अवस्था । एभरेष्ट स्कूलकाे साथ र सहयाेग पाई याे अवसर जुटाएकाे हाे भक्तपुर साहित्यिक समाजले । अादिकवि भानुभक्तलाई सभापति बनाई शव्दराेपाईं कार्यक्रम शुरू गर्नु अघि भसासका अध्यक्ष राजुराम मुनंकर्मीले दीप प्रज्वलन र एभरेष्ट इङ्गलिश स्कूलका प्रिन्सिपल भक्त राजभण्डारीले भानुकाे तसविरमा फूलमाला लगाएपछि कार्यक्रमकाे सुरूवात भएकाे थियाे । समाजका कार्यसमिति सदस्य सूर्यलक्ष्मी भाेमीले भानुका जिवनी र विविध पक्ष माथि प्रकाश पारे । अनि लामबद्ध भई शव्दराेपाईं गर्न तयार भए शव्दराेपाहारहरू । साहित्यका विविध विधाहरू कविता,गीत, गजल, मुक्तक,लघुकथा, अादिकाे माध्यमबाट समाजका बेथिति, माैलाईरहेकाे भ्रष्टाचार, अनुशासनहिनता, कानुनकाे उपहास, शक्तिकेन्द्रहरूकाे हालिमुहालि अादि माथि कडा व्यङ्ग्य प्रहार गर्दै खवरदारी समेत गरे भने कतिपय स्रष्टाले अाफनाे सुमधुर स्वरबाट भानुलाई सम्झँदै छन्द कविता वाचन गरे । शव्द राेपाई गर्ने ४३ जना राेपाहारहरूमा क्रमश: नारायण तिवारी (कविता), सुशिला प्रधानाङ्ग (कविता), प्रविण जाेशी (कविता), मानिक बाबु ग्वंग: (कविता), काशिराम विरस (गजल) , रामशरण न्याैपाने (कविता), गुहेश्वरी शाक्य ( गीत गायन ),सुलाेचना सैंजु (लघुकथा), राजेन्द्र चित्रकार (कविता), वसन्त नकर्मी ( कविता ), ईश्वर थाेकर (कविता) , अर्चना छुकाँ (कविता), वसन्ति भुजेल (कविता) , सुरेन्द्रलाल भुजु ( लघुकथा) , सुरेश राजभण्डारी ( कविता) , ग्रेसी पाैडेल (कविता), नर्मदा भुषाल (कविता), विनाेद खड्का (कविता), नविन प्रकाश श्रेष्ठ ( कविता), तुल्सीहरि प्रजापति (कविता), धनेश राजाेपाध्याय (कविता), इभा लम्साल (कविता), मिमला शर्मा (कविता), अनुषा घले ( कविता), विभिता घिमिरे (कविता) , श्रेणी मानन्धर (कविता), श्री बहादुर के.सी.( कविता), सुरेन्द्र व्याञ्जु (गायन), रूवि पंगेनी (कविता), तपस्या वाग्ले (कविता), कुसुम घिमिरे (मुक्तक), अमर आकाश (कविता), रिचा सुवाल (कविता), सन्देश शाही (कविता), स्नेहा खनाल (कविता), याेगी स्यस्य (कविता), विनिता पाेखरेल ( कविता), सुयषि माेक्तान (कविता), दीपशिखा थापा (कविता), दीवश्री ढुङ्गाना (कविता), आरूषि धमला (कविता) , आरध्या भुजु( कविता) र धनकुमार श्रेष्ठ (पठन संस्कृति) रहेका छन् ।
शव्द राेपाईंकाे बीचबीचमा राेपाहरहरूलाई मनाेरन्जन प्रदान गर्न संस्कृतिविद् हरिशरण शर्मा राजाेपाध्यायले दही च्युराकाे संस्कृतिकाे अावश्यकता र महत्वबारे प्रकाश पार्नुका साथै युवा सचन मल्लले मीठाे बाँसुरीकाे धुन सुनाएर सबैलाई मन्त्रमुग्घ पारेका थिए ।
भसासकाे नियमित घुमन्ते श्रृङ्खलाकाे ७७ अाैं संस्करणकाे रूपमा असारे दहि च्युराकाे स्वादमा रमाउँदै सम्पन्न भएकाे उक्त कार्यक्रमलाई एभरेष्ट इङ्गलिश स्कूलका प्रिन्सिपल भक्त राजभण्डारीले भसाससंग मिलेर शव्द राेपाई गर्न पाएकाेमा खुशि व्यक्त गर्दै यस्ताे किसिमकाे साहित्यिक माहाैलले स्कूलका बालबालिकाहरूमा साहित्यिक स्तराेन्नतिमा थप उर्जा प्रदान हुने बताउनुभयाे । त्यसैगरी स्कूलका शिक्षिका नर्मदा भुषालले सबैकाे सामुहिक प्रयासबाट शव्द राेपाई सम्पन्न भएकाे बताउनुभयाे । भसासका अध्यक्ष राजुराम मुनंकर्मीले समाजले आफ्नाे २५ आैं रजत महाेत्सवका अवसरमा भईरहेका गतिविधि बारे चर्चा गर्नुहुँदै कार्यक्रमलाई निरन्तर रूपमा चलाउँदै जाने र साेकाे लागि सबैकाे साथ र सहयाेग अावश्यक रहेकाे बताउनुभयाे । साथै भसासकाे तर्फबाट कार्यक्रमकाे राम्राे व्यवस्थापनकाे लागि एभरेष्ट इझ्गलिश स्कूललाई कदर पत्र प्रदान गरिएकाे थियाे ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













