टिपरले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु
मध्यपुर, श्रावण १३ गते
मध्यपुर थिमीको नयाँ ठिमी सडक खण्डमा टिपरले ठक्कर दिंदा घाइेट भएका मोटरसाइकल चालकको उपचारकोक्रममा मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मध्यपुर थिमी नगरपालिका वडा नं. ४ नयाँ ठिमी स्थित सडक खण्डमा आज दिउँसो १ः२०को समयमा काठमाण्डौबाट भक्तपुर तर्फ आउँदै गरेको गण्डकी प्रदेश ७ प. ५३५३ नं.को मोटरसाईकललाई सोही दिशातर्फबाट आँउदै गरेको बाग्मती प्रदेश ४ ख २९०१ नं.को टिपरले पछाडीबाट ठक्कर दिदा मोटरसाईकल चालक सुवाष तामाङ घाईते भएका थिए । गम्भिर घाइते तामाङलाई तत्कालै उपचारको लागि मध्यपुर अस्पताल थिमी लगिएकोमा उपचारकैक्रममा आज १ः४५मा मृत्यु भएको थियो । प्रहरीका अनुसार लासको पोष्टमार्टमको लागि काठमाण्डौ मेडिकल कलेज दुवाकोट लगिएको छ । २१ वर्षका मृतक तामाङ काभ्रेपलाञ्चक जिल्ला मण्डनदेउपुर वडा नं. १ घर भई हाल कलमविनायक भक्तपुर बस्दै आएका थिए । मोटरसाईकल पछाडि बस्ने २० वर्षका संजिव थापा मगरको भने मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको प्रहरीका सूचना अधिकारी टेकेन्द्र शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । टिपर चालक काभ्रेपलान्चोक मण्डनदेउपुर गापा वडा नं ६बस्ने वर्ष २८का राजकुमार राईलाई थप अनुसन्धान कार्यका लागि प्रहरीको नियन्त्रणमा रहेको सूचना अधिकारी पौड्यलले जनाएको छ ।
Featured Posts – Style 1
कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न
2026-07-28 Comments Off on कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न
कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न १४ टोलीको सहभागिता, नेपाल न्याय च्याम्पियन, भक्तपुर बार ‘ए’...
स्वतन्त्र पत्रकार संघले सदस्यता खुलायो
2026-07-28 Comments Off on स्वतन्त्र पत्रकार संघले सदस्यता खुलायो
स्वतन्त्र पत्रकार संघले सदस्यता खुलायोचापाकोट (पोखरा) ः स्वतन्त्र पत्रकार संघले सदस्यता खुलाएको छ । पर्यटकीय राजधानी पोखराको चापाकोटमा आइतबार सम्पन्न...
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
2026-07-22 Comments Off on राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोडकाठमाडौं ।नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन, कर्णाली प्रदेशको खाद्य सुरक्षा अवस्था...
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...














