विश्वभर कोरोनाको नयाँ सङ्क्रमित थपिनेभन्दा निको हुने दर बढ्दै ।

विश्वभर कोरोनाको नयाँ सङ्क्रमित थपिनेभन्दा निको हुने दर बढ्दै ।।
विश्वभर कोरोनाको नयाँ सङ्क्रमित थपिनेभन्दा पनि निको हुने दर बढ्दै गएको छ । गत २४ घण्टामा २४ लाख नयाँ सङ्क्रमित थपिँदा २८ लाख निको भएका कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले उल्लेख गरेको छ । योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ४० करोड ६१ लाख नाघेको छ । जसमध्ये ३२ करोड ५९ लाख निको भएका छन् भने ५८ लाख ७ हजारको मृत्यु भएको छ । गत २४ घण्टामा मात्रै १० हजार ७ सयको मृत्यु भएको छ । अझै पनि ७ करोड ४३ लाख सक्रिय सङ्क्रमित रहेकामा ८९ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।