बुढानिलकष्ठमा मेयरसँग महासंघ कार्यक्रम आयोजना

बुढानिलकष्ठमा मेयरसँग महासंघ कार्यक्रम आयोजना
काठमाण्डौ, असार २ गते
बुढानिलकष्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले अरु पालिकाहरुलाई उदाहरण देखाएर काम गर्ने भन्दा आफ्ना नगरवासीहरुलाई अनुभूति हुने गरी काम गर्न चाहेको बताएका छन् । नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपत्यका समितिले आज नगरपालिकाका सभा हलमा आयोजित मेयरसँग पत्रकार महासंघ कार्यक्रममा बोल्दै मेयर अधिकारीले सो कुरा बताउँदै आफ्ना सही कार्यलाई पनि कतिपय पत्रकारहरुले गलत प्रचार गरेको भन्दै खेद व्यक्त गरेका थिए् । पत्रकारीता क्षेत्रलाई आफ्नो क्षेत्रबाट सक्ने सहयोग पुर्याइरहेको उल्लेख गर्दै पालिका भित्रका भन्दा बाहिरका पत्रकारहरुले लाभ लिइरहेको चर्चा गर्दै मेयर अधिकारीले पत्रकारिता क्षेत्रकालागि नगरपालिकाले गर्नुपर्ने कार्य र पत्रकारहरुले खेल्न सक्ने भूमिकाहरु बारे बसेर छलफल गरी योजना बनाउन सकिने धारणा राखेका थिए ।

सो अवसरमा उपप्रमुख अनिता लामाले कर्मचारी भएर काम गर्नु भन्दा जनप्रतिनिधी भएर काम गर्दा बढी जिम्मेबारीता महसुस गराएको चर्चा गर्दै नगरवासीहरुको सेवामा दिन रात खति रहेको स्मरण गरेका थिए । उहाँले पत्रकारिता क्षेत्रबाट आफ्ना असल अभ्यासहरु बाहिर ल्याउन चोहेको बताएका थिए भने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले कर्मचारीहरु जनप्रतिनिधीहरुको रिस पोख्ने माध्यम बनिरहेको प्रति आपति जनाउँदै जनप्रतिनिधीहरुको योजनाहरु कार्यान्वयन गर्न आफुहरु प्रतिबद्ध रहेको चर्चा गर्दै पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका थिए सो अवसरमा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले स्थानीय तहरुसँगको समन्वयमा स्थानीय पत्रकारहरुसँगै पत्रकारीता क्षेत्रको विकास गर्न सकिने धारणा राखेका थिए ।प्रेस काउन्सिलका पूर्व अध्यक्ष गोपाल बुढाथोकीले सो अवसरमा स्थानीय तह अन्तर्गतका पत्रकार र सञ्चार गृहलाई चिन्नेर प्रर्वद्धन गर्नुपर्नेमा जोड दिदै आफू बुढानिलकष्ठ नगरभित्रकै पत्रकार भएर पनि स्थानीय तहलाई चिन्न नसकेको उल्लेख गरेका थिए । पत्रकारिता क्षेत्रमालागेको ४६ वर्षपछि स्थानीय तहसँग अन्तरक्रिया गर्न पाएको भन्दै उहाँले आफ्नै कमजोरीले पनि स्थानीय तहसँग समन्वय गर्न नपाएको औल्याएका थिए ।
महासंघ उपत्यका समितिका अध्यक्ष तेनिश रोक्काको सभापतित्वमा आयोजित सो कार्यक्रममा विभिन्न संञ्चारमाध्यका वरिष्ठ पत्रकारहरुले पनि पालिकाभित्रका पत्रकार र संचार माध्यमहरुलाई व्यवस्थित गर्दै पत्रकारिताको क्षेत्रबाट नगर विकासकालागि महत्वपूर्ण भूमिका खेल्न सकिने धारणाहरु व्यक्त गरेका थिए । कार्यक्रममा महांघका सचिव अशिष गुरागाईले सहजिकरण गर्नु भयो ।