हनुमानघाटमा माधबनारायणको ब्रत सुरु
भक्तपुर, पुस २२ गते
नेपाल सम्वत ७२२ बाट भक्तपुरको हनुमानघाटमा सुरु भएको माधवनारायणको एक महिने ब्रत आजबाट सुरु भएको छ । आज विहान तिलमाधब नारायणको मूर्तिलाई हनुमानघाटस्थित त्रिवेणीमा जल चढाएर एवं ब्रतालु तथा भक्तजनहरुले जलस्नान गरेर यस वर्षको ब्रत प्रारम्भ गरेका हुन । आजबाट सुरु भएको ब्रतमा ४ जना महिलाले दिनको एक छाक खाएर आवासियरुपमा एक महिने ब्रत बसेका छन् भने हरेक दिन जलस्नान गर्ने गरी १३ जना पुरुषहरुले यस वर्ष माधब नारायण ब्रतमा सिलामं तुलेगु, म्हादुब्यागु एवं विभिन्न तिर्थातनमा साथ दिने गरी धार्मिक कार्यमा सहभागि जनाएका छन् । भक्तालुहरुको सहयोगमा यो ब्रत एक महिनासम्म माधव नारायणको ग्रण्ठ वाचन गरी मनाउइने गरेको छ । सुरुको दिनमा सहभागिहरु कम भए पनि भक्तजनहरुको इच्छा अनुसार ब्रत बस्न तथा जलस्नान गर्न आउनेको संख्या थपघट भइरहेने तर सुरुको दिनमा आएका ४ महिला र १३ पुरुषहरुले भने नियमित सहभागि हुने आयोजक समितिका सचिव लक्ष्मी रञ्जितले जनाएको छ ।
धार्मिक र सांस्कृतिकरुपले महत्वपूर्ण मानिएको हनुमानघाटस्थित त्रिवेणीमा ढल मिसिएको पानीका कारण ब्रत बस्ने र जलस्नान गर्नेहरुको स्वास्थ्यमा असर पर्ने कुरा सहभागिहरुले गुनासो गरेका छन् । पुस माघमा कठिन ब्रत बसेर दानपुण्य गर्नुपर्छ भन्ने भावना जगाउन रणनीत मल्लका परिवारको सहभागितामा हनुमानघाट(खोरे)मा माधव नारायणको ब्रत बस्ने गरेको इतिहासमा पाइन्छ । नेपाल सम्बत ७२२ पूर्व पनि यस ब्रतको महत्व हुन सक्ने भएपनि आफुहरुसँग भएको ऐतिहासिक प्रमाणहरु समेत २०७२ सालको भूकम्पले नष्ट भएको माधवनारायण ब्रत सेवा समितका अध्यक्ष उद्ध्व खाईतुले बताए । ब्रतका लागि धेरै जग्गा जमिन भएपनि अहिले त्यस्तौ कुनै श्रोत नभएको गुठी संस्थाले केही पराल दिने नियम भएपनि उपलब्ध नराउँदा पनि स्थानीय भक्तजनहरुको सहयोगमा ब्रतलाई निरन्तरता दिदै आएको उहाँले बताए । ब्रतका जग्गाहरु रेक्तानी भइसकेकाले ५सय ३० कलि परालका लागि गुठी संस्थानले जम्मा ५ सय दिने गरेको त्यो पाउन पनि पटक पटक संस्थानमा पुग्दा पनि अनेक बहानामा उपलब्ध नगराएकाले ठोस श्रोत नभएको पनि जनाए । ब्रतालुहरुका लागि ट्यांकरबाट पानि ल्याएर जलस्थानको ब्यवस्था गरेको भए पनि खोलाको माटो समेत प्रदुर्षित भएकाले ट्यांकरको पानी पनि प्रदुर्षित नै देखिएकोले ब्रतालुहरु चिन्तित छन् ।














