तापक्रम बढेसँगै भक्तपुरमा आग्जनीका घटना बढ्यो, आज मात्रै ३ ठाउँमा आगलागि

तापक्रम बढेसँगै भक्तपुरमा आग्जनीका घटना बढ्यो, आज मात्रै ३ ठाउँमा आगलागि
भक्तपुर, बैशाख १३ गते
तापक्रम बढेसँगै आग्लागीका घटना बढ्न थालेको छ । नर्कटको झाडी देखि घर र बन क्षेत्रमा समेत आगलागीका घटना बढेको भक्तपुर बारुद्ध यन्त्र कार्यालयका प्रमुख विजय धौभडेलले जनाएको छ । उहाँका अनुसार गर्मी याम बढे देखि दैनिक २।३ स्थानमा आगलागिका घटनाहरु हुन थालेको चर्चा गर्दै आज मात्र पनि ३ ठाउँमा आग्जनीका घटना भएको बताएका छन् । आज चाँगुनारायण नगर क्षेत्रको नगरकोट स्थित कलमसीको वन क्षेत्रमा आगलागि भएको थियो भने मध्यपुर थिमीको राधेराधेस्थित नर्कटको झाडीमा आगलागि भएको थियो दुवै क्षेत्रमा भक्तपुर बारुद्ध यन्त्रको डमकल सहितको अग्निनियन्त्रकहरुले आग्लागी नियन्त्रण गरेको बताउँदै उहाँले आजै सूर्यविनायक नगरको कटुञ्जेको एक घरमा ग्यास सिलिन्डर पड्केर आगलागी भएकोे बताए ।


सो आगलागीमा सामान्य मात्रै क्षेत्र पुगेको र डमकल पनि परिचालन गर्न नपरेको उल्लेख गर्दै कार्यालय प्रमुख धौभडेलले जिल्लामा ४ वटा डमकल तयारी अवस्थामा रहेको भए पनि २ वटा अग्निनियन्त्रणमा खतिने र अरु २ वटा तयारी अवस्थामा राख्ने गरेको बताए । बढ्दो आग्जनी नियन्त्रणकलागि २९ जना जनशक्ति तयारी अवस्थामा रहेको भन्दै ति जनशक्तिहरु मध्ये २१ जना अग्नि नियन्त्रक, ४ जना अपरेट, २ हेल्पर र २ जना कमाण्डर रहेको बताए । पानी पदा कम हुन थालेको आगजनीको घटना घाम लाग्न थाले बढ्न थालेको उहाँले बताएका हुन ।