बिस्का र नयाँ वर्षका आगन्तुकहरुकालागि भक्तपुर औद्योगिक…… महोत्सव
भक्तपुर, चैत्र २९
हिजोबाट सुरु भएको ९ औं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा ब्यापार महोत्सव विस्का जात्रा र नयाँ वर्ष मनाउनकालागि आकर्षक गन्तव्यस्थल बनेको छ । महोत्सवको एउटै स्थानमा मनोरञ्जन पार्क, साँस्कृतिक कार्यक्रम, बाल उदेन सहित दैनिक उपभोगिय सामग्री तथा लताकपडा एवं इलेक्टोनिक्स एवं अटोमोवाईलका आकर्षक स्थलहरु सहित एक सय पचास भन्दा बढी स्थलहरु रहेका छन् । घरेलु, कृषि, हस्तकलाका उत्पादन तथा आधुनिक प्रविधिहरुको प्रर्दर्शनी रहेको सो महोत्सव बैशाख ७ गतेसम्म आयोजना हुने छ । सल्लघारी चौर भक्तपुरमा आयोजना भइरहेको सो महोत्सव हरेक दिन विहान १० बजे देखि बेलुका ८ बजेसम्म खुल्ला रहेने आयोजक समितिले जनाएको छ । टिकट दर रु.८० र विद्यार्थीहरुकालागि रु. ५० मात्र राखिएको छ । तपाईले खोजे जस्तो सामान सोचे जस्तो मूल्यमा दैनिक नृत्य, साँगितिक तथा हाँस्यव्यग्य प्रस्तुुती बाल उद्यानकासाथै रोटेपिङ्ग लगायतका मनोरञ्जनका साधनहरु, स्थानीय तथा नेपाली खानाहरुका स्टलहरु, घरेलु, कृषि उत्पादन र आधुनिक प्रविधिका प्रदर्शनी तथा विक्री स्थल रहेको आयोजक औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईजले जनाएको छ । सो महोत्सव सम्पन्न पश्चात बैशाख १३ गते विशेष भक्तपुर साँगितिक महोत्सव आयोजना गर्ने घोषणा पनि गरिएको छ ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














