ज्ञानविज्ञान महायज्ञबाट ८० लाख भन्दा बढी आर्थिक संकलन

ज्ञानविज्ञान महायज्ञबाट ८० लाख भन्दा बढी आर्थिक संकलन
मध्यपुर, चैत्र २८ गते
मानव कल्यण समाजले २५ लाख १८ हजार ७ सय रुपियाँ खर्च गरेर आयोजना गरेको ज्ञान विज्ञान महायज्ञबाट ८० लाख ४३ हजार ७ सयि १६ रुपैयाँ आम्दानी गरेको छ । महायज्ञसमापन भएसँगै विहिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष सुमी मानवले छोटो समयमै धेरैको मनसँग मन जोड्न सफल भएको भन्दै छिटो भन्दा छिटो भवन निर्माण गरी सडक मानवहरुलाई आश्रयस्थल बनाउन सकिने धारणा राखेका छन् । सूर्यविनायक नगरपालिका वा चाँगु नगरपालिका जहाँ भएपनि नगरपालिकाले उपलब्ध गराएको ठाउँमा छिटो भवन बनाउन५५ लाख २५ हजार १६ रुपियाँ बचत भएको चर्चा गर्दै उनले श्रीमद् भागवत वाचन गरेवापत आफूलाई प्राप्त रकमहरु पनि समाजलाई हस्तान्तरण गरेको थियो ।
महायज्ञको क्रममा भवन बनेपछि सहयोग गर्छु भन्ने धेरै आएकाले वचत भएको पैसाबाट भवन निर्माण कार्य यथासक्य सुरु गर्ने उनले बताए । सो अवसरमा समाजका कोषाध्यक्ष नरेश रन्जितले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो । महायज्ञ चैत्र २१ गते देखि चैत्र २७ गतेसम्म मध्यपुर थिमीको राधे राधेमा आयोजना गरेको थियो ।