राजाबादीको आन्दोलनमा २ जनाको मृत्यु ७ जना घाइते
भक्तपुर, चैत्र १५ गते
आज भएको राजाबादीको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको छ । एक जना आन्दोलनकारीको गोली लागेर मृत्यु भएको थियो भने एक जना आन्दोलनकारीले लगाएको आगोबाट जलेर मृत्यु भएको थियो । राजाबादीहरुको आन्दोलन अराजक भएपछि प्रहरीले चलाएको गोली लागेर सविन महर्जनको मृत्यु भयो । महर्जनको घाटीमा गोली लागेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ भने पत्रकार सुरेश रजकको भने रिपोटिङकोलागि रहेको घरमा आन्दोलनकारीले लगाएको आगोले जलेर मृत्यु भएको थियो । आज भएको झडपमा ७ जना गम्भिर घाईते बताइएको छ, त्यसमध्ये ५ जनाको आकस्मिक कक्षमा उपचार भइरहेको जनाएको छ । तिनीहरुको कमरमुनी गोली लागेर घाइते भएको जनाएको छ ।

आज भएको आन्दोलन हिंसात्मक भएको भन्दै गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । व्यक्तिका निजी समपति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरुमाथि भएको तोडफोड र आगजनीका अमानव्य िएवं अमर्यादित घटनाहरु गैरकानूनी तथा घोर भत्र्सनायोग्य रहेको जनाएको छ। गृह मन्त्रालयका सहसचिव छवि रिजालद्वारा जारी विज्ञप्तिका अनुसार यस्ता हिंसात्मक एवं अपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयं नै पूर्ण रुपमा जिम्मेवार छन् ।
संविधान प्रदत्त विचार र अभियव्यक्तिको स्वतन्त्रता र विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिंसात्मक प्रदर्शनप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण गएको जनाएको हो ।
संविधानले सबै वर्ग, जाति, भाषा, लिङ्ग, क्षेत्र र धार्मिक अधिकारको संरक्षण गर्दै लोकतान्त्रिक शासन व्यवस्थाको उच्चतम उपयोग गर्ने मार्ग प्रशस्त गरेकै छ भने विज्ञप्तिमा शान्तिपूर्ण तरिकाले विचार प्रकट गर्ने लोकतान्त्रिक विधिको सट्टा हिंसापूर्ण एवं अराजनीतिक खालका गतिविधिहरुबाट कोही कसैको भलाई हुँदैन, विज्ञप्तिमा भनिएको छ ।














