मूल्यवृद्धि विरुध भक्तपुरमा जुलुस र सभा आयोजना

मूल्यवृद्धि विरुध भक्तपुरमा जुलुस र सभा आयोजना
भक्तपुर, जेष्ठ ९ गते
पेट्रोलियम पदार्थमा गरेको मुत्यवृद्धि विरुद्ध जुलुस सभा हुन थालेको छ । हालैसम्पन्न निर्वाचनको सेरोफेरोमा मात्रै पनि प्रतिलिटर रु १० मुल्य वृद्धिको नेपाल आयल निगमले घाटा सन्तुलनका लागि भन्दै पेट्रोलमा प्रतिलिटर थप रु १० वृद्धि गरेको मात्र होइन, हरेक घर घरमा दैनिक उपभोग्यवस्तुको रुपमा रहेको एलपि ग्यासमा समेत प्रति सिलिण्डर रु.२ सय रुपियाँले वृद्धि गरेपछि त्यसको विरोधमा विरोध कार्यक्रम बढ्न थालेको हो ।
मुल्यवृद्धि विरुद्ध नागरिकस्तर देखि विभिन्न राजनैतिक दलका जनवर्गीय संगठनहरुले जुलुस तथा सभाहरु आयोजना गर्न थालेको छ । स्थानीय तहको निर्वाचनको बीचमा गरेको मुल्यवृद्धि विरुध रत्नपार्कमा जुलुस र सभा आयोजना गरेको नेमकिपाको युवा तथा विद्यार्थी संगठनले आज भक्तपुरको कमलविनायक देखि सूर्यविनायक सम्म जुलुस र सभा आयोजना गरी मूल्यवृद्धि विरुद्ध विरोध सभा आयोजना गरेका हुन । भक्तपुर नगरको कमलविनायकबाट सुरु गरेको विरोध जुलुसले भक्तपुर नगरपरिक्रममा गरी सूर्यविनायक चोकमा पुगेर विरोध सभा आयोजना गरेको थियो ।